×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

आईपीएल: कोलकातालाई पराजित गर्दै पन्जाब चौथो स्थानमा उक्लियो

११ कार्तिक २०७७

११ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभेन पन्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

सोमबार शारजाह क्रिकेट रंगशालामा भएको खेलमा कोलकाताले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।

Advertisement

पन्जाबको जितमा क्रिस गेल र मन्दीप सिंहको अर्धशतक प्रहार गरे । ओपनर मन्दीप सिंहले अविजित ६६ रन जोडे । उनले ५६ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरे ।

मन्दीप र क्रिस गेलले दोस्रो विकेटका लागि १ सय रनको साझेदारी गरेपछि पन्जाब सहज जित हासिल गर्न सफल भएको हो । गेलले आक्रामक अर्धशतक प्रहार गर्ने क्रममा २९ बलमा ५१ रन जोडे । उनले २ चौका र ५ छक्का प्रहार गरेका थिए ।


त्यसअघि कप्तान केएल राहुल २८ रन जोड्दै पेभेलियन फर्किएका थिए । वरुण चक्रवर्तीको बलमा एलबीडब्लु आउट हुनुअघि उनले २५ बलमा ४ चौका प्रहार गरे । उनी आउट हुँदा टोली ४७–१ को स्थितिमा थियो । गेल १९ औं ओभरको पहिलो बलमा लोकी फर्गुसनको बलमा क्याच आउट भएपनि निकोलस पुरन २ रनमा नटआउट रहँदै जितसम्म डोर्याए ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन जोड्यो । खराब सुरुवात गरेको कोलकातालाई मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए । ओपनर नितिश राना इनिङको दोस्रो बलमा नै गोल्डेन डक आउट भएका थिए । दोस्रो ओभरमा मोहमद शामीले राहुल त्रिपाठी र दिनेश कार्तिकलाई शून्यमा कट बिहाइन्ड गराएपछि कोलकाता १०(३ को दयनीय अवस्थामा पुगेको थियो ।

कप्तान ओइन मोर्गन र शुभमनले चौथो विकेटका लागि ८१ रनको साझेदारी गर्दै इनिङ सम्हाले । मोर्गन २५ बलमा ५ चौका र २ छक्कासहित ४० रनको योगदान दिए । उनी दशौं ओभरमा रवी विश्नोईको बलमा क्याच आउट हुन पुगे ।

लगत्तै अर्को ओभरमा सुनिल नारायण ४ बलमा ६ रन जोड्दै क्रिस जोर्डनको बलमा बोल्ड भए । १५ औं ओभरमा कमलेश नगरकोटी १३ बलमा ६ रन जोड्दै मुरुगन आश्विनको बलमा बोल्ड हुन पुगे । अर्को ओभरमा कमिन्स ८ बलको सामना गर्दै मात्र १ रन जोड्दै विश्नोईको एलबीडब्लु धरापमा परे ।

शुभमन ४५ बलमा ३ चौका र ४ छक्कासहित ५७ रन जोड्दै १९ औं ओभरमा पेभेलियन फर्किए । उनी शामीको बलमा ठूलो सट खेल्ने धुनमा पुरनको हातबाट समातिए । अन्त्यतिर लोकी फर्गुसनले आक्रामक ब्याटिङ गर्दा कोलकाता मध्यम योगफलसम्म पुगेको थियो । फर्गुसनले १३ बलमा ३ चौका र १ छक्काको मदतले अविजित २४ रन जोडे । वरुण चक्रवर्ती अन्तिम ओभरमा २ रन जोड्दै जोर्डनको बलमा बोल्ड भएका थिए ।

पन्जाबका लागि मोहमद शामीले ३ विकेट लिँदा क्रिस जोर्डन र रवि विश्नोईले २–२ विकेट हात पारे । ग्लेन म्याक्स्वेल र मुरुगन आश्विनले १–१ विकेट हात पारे ।

Advertisement

यस जितसँगै पन्जाब कोलकातालाई नै उछिन्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । पन्जाब र कोलकाता दुवैको १२ खेलमा १२ अंक भएपनि नेट रनरेटमा पन्जाब अघि बढेको हो । मुम्बई, दिल्ली र बेंगलोर ११ खेलमा समान १४ अंकसहित क्रमशस् शीर्ष तीन स्थानमा रहेका छन् । राजस्थानको १० अंक तथा हैदरावाद र चेन्नईको ८–८ अंक रहेको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top