×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

२३ चैत्र २०८२

२३ चैत , काठमाण्डौ।

बमबारी र चेतावनीहरुकाबीच इरान र अमेरिका ४५ दिन युद्धविरामका गर्ने विषयमा वार्तामा बसेका छन । एक्सियोसको रिपोर्टअनुसार प्रस्तावित सम्झौतामा पहिलो चरण ४५ दिन युद्धविराम गर्ने कुरा छ र यस क्रममा स्थायी शान्तिका लागि वार्ता हुनेछ ।

Advertisement
Advertisement

युद्धविराम सम्झौता भएन भनेचाहिँ अमेरिका र इजरायलले इरानविरुद्ध ठुलो आक्रमण गर्ने तयारी गरिरेहका छन् । जारी वार्तामा पाकिस्तान, इजिप्ट र टर्कीले मध्यस्थकर्ता गरिरहेका छन् । उनीहरूले आगामी ४८ घण्टा सम्झौताका लागि अन्तिम मौका भएको बताएका छन् ।

उता डोनाल्ड ट्रम्पले भने चाँडै सहमतिमा आएन भने इरानका सबै कुरा ध्वस्त पारिने र तेल कब्जा गरिने चेतावनी दिएका छन् । फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘यदि चाँडै सम्झौता भएन भने म सबै कुरा नष्ट गर्ने र तेल कब्जा गर्ने विचार गरिरहेको छु।’ यद्यपि उनले सम्झौताको सम्भावना अझै समाप्त नभएको पनि बताएका छन् । उनले भने, ‘सम्झौता हुने राम्रो सम्भावना छ र वार्ता जारी छ।’

यसअघि आइतबार ट्रम्पले इरानलाई अप्रिल ६ सम्मको समयसीमा तोक्दै सम्झौता नगरे नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । तर यसविरुद्ध इरानी सेनाले कडा प्रतिक्रिया दिएको छ । इरानी सेनाको मुख्यालय (खातम अल–अन्बिया) का कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले आक्रमण गरिए अमेरिका र अमेरिकी सेना जोडिएका सबै पूर्वाधारमा हमला गरिने चेतावनी दिएका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘अमेरिकाले आक्रमण गरेमा हामी उनीहरूका आतंकवादी सेना र यहुदी शासनसँग सम्बन्धित सबै पूर्वाधारमा निरन्तर हमला गर्नेछौँ।’ अब्दुल्लाहीले अगाडि भनेका छन्, ‘हामीमाथि लादिएको यो युद्ध सुरु गरेदेखि नै हामीले भनेका सबै कुरा गरिरहेका छौँ। यस सन्देशको सरल अर्थ के हो भने नर्कको द्वार तिम्रा लागि खुल्नेछ।’

यसैबीच काठमाडौं,अमेरिका र इरानबीचको तनाव लगातार बढ्दै गइरहेको छ । यसैबीच अमेरिकी राष्ट्रपतिले इरानलाई दिएको समयसीमा (डेडलाइन) फेरि एकपटक बढाएका छन् । ट्रम्पले स्पष्ट रूपमा यदि इरानले चाँडै ‘होर्मुज जलमार्ग’ नखोले र सम्झौता नगरे उसले गम्भीर परिणाम भोग्नुपर्ने बताए ।

ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै लेखेका छन्, “मंगलबार राति ८ बजे !” (यो इस्टर्न टाइम हो) । यसअघि उनले कडा भाषामा यदि इरानले बाटो नखोले अमेरिकाले उसको ऊर्जा र पूर्वाधारलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने चेतावनी दिएका थिए । उनले भनेका थिए, “यदि होर्मुज स्ट्रेट खोलिएन भने, इरानका पावर प्लान्ट र पुलहरू सबै कुरा निसानामा हुनेछन् ।”

ट्रम्पले यसअघि पनि इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका थिए, तर पछि यो समयसीमालाई पटक–पटक बढाए । अब यसलाई बढाएर ८ अप्रिलको रातिसम्म पु¥याइएको छन् । एक अन्तर्वार्तामा ट्रम्पले सम्झौताको सम्भावना अझै भए पनि कुरा नमिले उनले ‘सबै कुरा सिध्याइदिने’ बताए । उनले इरानका आम जनता आफ्नो सरकारसँग खुसी नभएको र उनीहरूले अमेरिकाको कदमलाई समर्थन गर्न सक्ने पनि दाबी गरे ।

यसअघि ट्रम्पले इरानको एउटा ठूलो पुल हमला गरेर भत्काइएको दाबी गरेका थिए । र, चाँडै सम्झौता नभए अझ ठूला हमलाहरू हुन सक्ने चेतावनी दिएका थिए । अमेरिका र इरानबीचको अवस्था अत्यन्तै तनावपूर्ण बनेको छ । एकातर्फ वार्ताको प्रयास जारी छ भने अर्कोतर्फ कडा वक्तव्यबाजी र सैन्य कारबाहीको आशंका पनि लगातार बढिरहेको छ ।

यता इरानले भने युद्धबाट भएको आर्थिक क्षतिको पूर्ण क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने अडान दोहो¥याएको छ । एक वरिष्ठ इरानी अधिकारीले तेल ढुवानीका लागि अत्यन्त महत्त्वपूर्ण मानिने उक्त जलमार्ग तबसम्म सञ्चालनमा नआउने बताएका हुन् ।

मसुद पेजेस्कियानको कार्यालयका सञ्चार उपप्रमुख मेहदी ताबातबाईले अमेरिकी नेतृत्वले निराशा र आक्रोशका कारण आक्रामक भाषा प्रयोग गरेको आरोप लगाए ।  ताबातबाईका अनुसार, “होर्मुज जलमार्ग तब मात्र खुल्नेछ, जब नयाँ कानुनी व्यवस्थाअन्तर्गत लादिएको युद्धबाट भएको सम्पूर्ण क्षतिको क्षतिपूर्ति पारवहन शुल्कबाट तिरिने सुनिश्चित हुन्छ ।”

यसले इरानले अब आर्थिक दबाबमार्फत रणनीतिक लाभ लिन खोजिरहेको संकेत गर्छ । यसअघि पनि इरानले केही तेल ट्यांकरहरूको सुरक्षित आवागमनका लागि शुल्क लिने प्रस्ताव अघि सारेको थियो । तर, यस्तो प्रस्तावलाई विभिन्न देशहरू र अन्तर्राष्ट्रिय ढुवानी उद्योगका विज्ञहरूले विरोध गरेका छन् ।

यसैबीच संयुक्त राष्ट्रसंघमा रहेको इरानी नियोगले ट्रम्पको अभिव्यक्तिलाई नागरिक पूर्वाधार नष्ट गर्ने खुला धम्कीको रूपमा व्याख्या गरेको छ । नियोगले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेप गर्न आह्वान गर्दै यस्ता कार्यहरूलाई ‘गम्भीर युद्ध अपराध’को संज्ञा दिएको छ र समयमै कदम नचाले परिणाम झन् भयावह हुनसक्ने चेतावनी दिएको छ ।

यसैबीच उता इराकमा इरानसँग आबद्ध मिलिसिया समूहहरूले अमेरिकी कूटनीतिक केन्द्र र अधिकारीहरूमाथि हमला गरेको छ । रातको समयमा दुईवटा हमला गरेका सीएनएनले अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्तालाई उद्धृत गर्दै जानकारी दिएको छ । अमेरिकाले यी हमलाहरूलाई भयानक आतंकवादी भएको बताएको छ ।

साथै, इराक सरकारलाई तुरुन्त कारबाही गर्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका आफ्ना कर्मचारी र दूतावासको सुरक्षाका लागि कुनै पनि कदम चाल्न पछि नहट्ने बताएका छन् । सीएनएनका अनुसार, पछिल्ला हमलाहरू भएका स्थानहरूको विवरण अहिले दिइएको छैन ।

यसअघि नै बगदादस्थित अमेरिकी दूतावास, अर्बिलस्थित कन्सुल जनरल र बगदाद डिप्लोम्याटिक सपोर्ट सेन्टरलाई पटक–पटक निसाना बनाइएको थियो । अमेरिकी विदेश मन्त्रालयले हमलाको बारेमा जानकारी दिने व्यक्तिलाई तीन मिलियन अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा समेत गरेको छ ।

यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई)ले देशको वायु रक्षा प्रणालीले हालै आएको मिसाइल र ड्रोन खतराको विरोध गरिरहेको बताएको छ । यूएईको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आकाशमा सुनिएका आवाजहरू रक्षा प्रणालीद्वारा गरिएको इन्टरसेप्सनका कारण भएको बताएको छ ।

Advertisement

मन्त्रालयले देश आफ्नो सुरक्षाका लागि सतर्क छ र सबै खतराहरूको जवाफ दिइरहेको पनि स्पष्ट पारेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top