×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

२३ चैत्र २०८२

२३ चैत , काठमाण्डौ।

रास्वपा नेतृत्वको सरकार बनेपछि साढे ४ खर्ब बढी गुमाएको सेयर बजारको समस्या सम्बोधनका लागि चौतर्फी दवाबपछि अर्थमन्त्रीले तदारुकता देखाएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार स्टक ब्रोकरहरुलाई बोलाएर आधाघण्टा मन्त्रालयमै छलफल गरेका छन् ।

Advertisement
Advertisement

सो क्रममा बजार निरन्तर घट्ने कारण र समस्याहरु, ती समस्या समाधानका लागि गर्न सकिने उपायहरु लगायतका विषयमा छलफल भएको बुझिएको छ । अर्थमन्त्रीले बोलाएर बिहान पुगेका ब्रोकरहरुले स्टक ब्रोकर एशोसिएसन अफ नेपालको तर्फबाट ६ बुँदे मागपत्र समेत पेश गरेका थिए ।

ब्रोकरहरूले बजारमा देखिएको अनिश्चितता घटाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको औंल्याउँदै स्पष्ट सुधार प्रस्ताव अघि सारेका थिए । उनीहरुले धितोपत्र दलाल व्यवसायीहरुका समस्या समाधान गरिदिन माग गरेका छन् ।एशोसिएसनको तर्फबाट पुँजीबजार सुधार कार्यदलले दिएका कार्यन्वयन हुन बाँकी सुझावहरु अविलम्ब कार्यन्वयन गर्न, बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा पुँजीबजार प्रवेश र बाहिरिन सक्ने व्यवस्था अविलम्ब लागू गर्न माग गरेका छन् ।

गैर अवसिय नेपाली नगरिकलाई पनि दोस्रो बजारमा सहज रुपमा सेयर कारोबार गर्ने व्यवस्था गर्न, यसै बजेटमार्फत् पुँजीगत लाभकरलाई अन्तिम कर हो भनि प्रष्ट पार्न र बजारमा हाल साना लगानीकर्ताहरुको मनोबल बढाउनको लागि सरकारी संस्थानहरुमा विभिन्न कोषका नाममा रहेको रकमलाई दोस्रो बजारमा लगानी गर्न सहज रुपमा लगानी गर्ने वातावरण बनाइदिन समेन एसोसिएसनले माग गरेको छ ।

बजारले धितोपत्र हस्तान्तरणको पूर्ण ग्यारेन्टी दिन नसकेको परिप्रेक्षमा बिक्री गरी धितोपत्र हस्तान्तरण गर्न नसक्दा सिधै क्लोज आउटमा लगिने व्यवस्थाले लगानीकर्ता मारमा पर्ने भएकाले यसलाई समाधान गर्न अक्सन मार्केटको यथाशिघ्र सुरुवात गरिनुपर्ने र सेटलमेन्ट ग्यारेन्टी फण्डको प्रयोगको लागि २०७५ सालमा विनियमावली र २०७९ सालमा कार्यविधि बनेकोले सो कार्यविधि विगत लामो समय देखि कार्यन्वयनमा आउन नसकेको कारण नियामक निकायहरुलाई आवश्यक निर्देशन दिनसमेन धितोपत्र दलाल व्यवसायीले माग गरेका छन् ।

छलफलपछि ब्रोकर प्रतिनिधिहरूले अर्थमन्त्री सकारात्मक देखिएको दाबी गर्दै अब ठोस निर्णय आउने अपेक्षा गरेका छन्। बजारमा देखिएको अस्थिरता हटाउन सरकारको सक्रिय भूमिका आवश्यक रहेको उनीहरूको भनाइ छ । पछिल्लो समय बजारमा तीव्र उतारचढाव, लगानीकर्ताको घट्दो मनोबल र तरलताको समस्याले समग्र पूँजी बजार दबाबमा परेको बेला भएको यो भेटघाटलाई नीतिगत हस्तक्षेपको संकेतका रूपमा हेरिएको छ ।

ब्रोकरहरुलाई अर्थमन्त्रीले सरकारले बजारलाई उच्च प्राथमिकतामा राखेकोले छोटो अवधिको उतारचढावकै कारण धेरै नअत्तालिन आग्रह गरेका थिए । यस्तै वाग्लेले सेयर बजारमा देखिएको अस्वाभाविक त्रासप्रति चिन्ता व्यक्त गर्दै यसलाई तथ्यभन्दा बढी हल्ला–आधारित मनोविज्ञानको परिणाम भएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको छलफलमा उनले सरकारको ध्यान बजारमा हस्तक्षेप गर्नेभन्दा विश्वास निर्माण, पारदर्शिता र संरचनात्मक सुधारतर्फ केन्द्रित रहेको स्पष्ट पारे। उनका अनुसार पछिल्ला दिनमा साना लगानीकर्तामाथि कारबाही हुने भन्ने सन्देश फैलाइएको छ, तर सरकारको यस्तो कुनै नीति नरहेको उनले दोहो¥याए।

नीतिगत स्पष्टता हुँदाहुँदै पनि गलत सूचनाले बजारमा अनावश्यक दबाब सिर्जना गरिएको उनले बताए । अर्थमन्त्री वाग्लेले नेपाल स्टक एक्सचेन्ज लाई डिजिटल पूर्वाधार, पारदर्शिता र ट्र्याकिङ प्रणालीका कारण अन्य क्षेत्रभन्दा अघि रहेको उदाहरणका रूपमा प्रस्तुत गरे।

पेपरलेस कारोबार, बैंकिङ च्यानलमार्फत भुक्तानी र लाभांशको प्रत्यक्ष जम्मा प्रणालीले बजारलाई औपचारिक अर्थतन्त्रसँग थप मजबुत रूपमा जोडेको उनको भनाइ छ। सरकारले नेप्सेको पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर दीर्घकालीन सुधार अघि बढाउने तयारी गरेको उनले जानकारी दिए।

वाग्लेले सरकारको प्राथमिकता अनुशासनयुक्त स्वतन्त्र बजार भएको उल्लेख गर्दै इन्साइडर ट्रेडिङ र बजार म्यानिपुलेसनजस्ता गतिविधिमा भने शून्य सहनशीलता रहने बताए। उनले कसैलाई लक्षित गरेर होइन, प्रमाणका आधारमा मात्र कारबाही हुने समेत स्पष्ट पारे ।

उनले छोटो अवधिको उतारचढावलाई ठूलो संकटका रूपमा व्याख्या गर्ने प्रवृत्तिले दीर्घकालीन लगानी संस्कृतिलाई कमजोर बनाउने चेतावनी दिए। उनले लगानीकर्तालाई प्यानिक नहुन आग्रह गर्दै आगामी दिनमा बजार सुधारका लागि काम गर्ने समेत प्रतिबद्धता जाहेर गरे ।

यसैबीच सरकारले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रबार पनि बजार खोल्ने निर्णय गरेको हो । यसअघि, आइतबारदेखि बिहीबारसम्म सातामा पाँच कारोबार दिन बजार खुल्ने गर्दथ्यो ।

अबबाट आइतबार बजार बन्द हुने र त्यसको सट्टामा शुक्रबार खुल्ने भएको हो । यसअनुसार अब पनि सातामा पाँचै दिन सेयर बजार खुला रहनेछ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top