×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पश्चिम नवलपरासीको सुस्तामा एक पुजारीको धारिलो हतियार प्रहार गरी हत्या

११ कार्तिक २०७७

११ कात्तिक, काठमाडौं । वडादशैंको अघिल्लो दिन एक मन्दिरका पुजारीको हत्या भएको छ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ४ नर्सहीमा रहेको हनुमान मन्दीरका पुजारी सन्तश्री महँगु केवटको घाँटी रेटेर हत्या भएको हो।

Advertisement
Advertisement

सुस्ता गाउँपालिका वडा नं ४ का अध्यक्ष अशोक गुरुङका अनुसार दिउसो आइतबार करिब साढे २ बजेको समयमा उक्त घटना भएको हो।

हत्या गरिएका पुजारीको शरिरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार भएको देखिएको र मृतकको सबैभन्दा बढी घाँटी र टाउकोमा प्रहार भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु लामाले बताए।

‘घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको छ छिट्टै पत्ता लाग्ला, घटनाको प्रकृति हेर्दा उनलाई पछाडीबाट प्रहार गरे जस्तो देखिन्छ, शरिरका विभिन्न भागमा धारीले वस्तु प्रहार भएको छ घाँटी र टाउकोमा गम्भिर चोट छ’, लामाले भने।
स्थानीयका अनुसार मृतक पुजारी घरबाट करिब २ बजे आसपासमा साइकल लिएर निस्किएको र उनको पछिपछि साइकलमै एकजना अपरिचित भारतीय नागरिक गएका थिए।

वडा नं ४ का अध्यक्ष अशोक गुरुङले पुजारीको पछिपछि उनकै घरमा पानी खाएर भारत घर बताउने एक अपरिचित गएको स्थानीयले आफुलाई बताएको जानकारी दिए ।

यसैबिच विश्व हिन्दु परिषद् नेपालले हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी मार्फत ज्ञापनपत्र बुझाएको छ।

Advertisement

परिषद्का नवलपरासी पश्चिम संयोजक राजेश गुप्ताद्धारा जारी विज्ञप्तिमा हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र कानुनी दायरामा ल्याइ सार्वजनिक गरी कारवाही गर्न र मृतक सन्तलाई सहिद घोषणा गर्दै सन्तसमाजको सुरक्षा–व्यवस्था मिलाउन माग गरिएको छ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top