जम्मू–कश्मीरमा अब सबै भारतीयले जग्गा किन्न पाउने

११ कात्तिक ७७, बुधबार

१२ कात्तिक, एजेन्सी ।

Advertisement

भारतको जम्मू–कश्मीरमा अब सबै भारतीयले जग्गा किन्न पाउने भएका छन्। केन्द्रीय गृह मन्त्रालयले मंगलबार जम्मू–कश्मीरका पूराना ११ कानुनलाई खारेज गरेपछि सबैले जग्गा किन्न पाउने भएका हुन्। गत वर्ष ५ अगष्टमा संविधानको धारा ३७० खारेज गरेयता गृहमन्त्रालयको यो आदेशलाई महत्वपूर्ण मानिएको छ।

केन्द्र सरकारले खारेज गरेका पूराना कानुनहरुमा जम्मू–कश्मीर एलिनेसन अफ ल्याण्ड एक्ट, जम्मूकश्मीर बिग ल्याण्डेड इस्टेट्स एबोलिसन एक्ट, जम्मूकश्मीर कमन ल्याण्ड्स रेगुलेसन एक्टलगायत छन्। गृह मन्त्रालयले अधिकांश पूराना भूमि कानुन खारेज गरेको छ। जसमा जम्मू एण्ड कश्मीर अफ प्रिभेन्सन अफ फ«यागमेन्टेशन अफ एग्रीकल्चर होल्डिङ एक्ट १९६० पनि सामेल छ।

Advertisement

तर राज्यका उप–राज्यपाल मनोज सिन्हाले कृषि भूमि किसानका लागि आरक्षित गरिएको जनाउँदै यसमा कुनै हस्तक्षेप नगरिने बताएका छन्।

कश्मीरका राजनीतिक पार्टीले भने केन्द्रको यो आदेश जम्मू कश्मीरलाई बिक्रीमा राखिएको जस्तै रहेको प्रतिक्रिया दिएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top