गृहद्वारा सय जना दर्ता अपरेटरका लागि दरखास्त आह्वान, पारिश्रमिक दिनको १२ सय

१३ कात्तिक ७७, बिहीबार
Share this
754shares

१३ कात्तिक, काठमाडौं । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ ।

Advertisement

राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको हो।

इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन्।

Advertisement

लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ।

आवेदन दिन पैसा लाग्दैन । १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले निकालेको सूचनामा उल्लेख छ।

Advertisement

दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ। काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top