१३ कात्तिक, काठमाडौं।
नेपालमा पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ९७६९ जनाको पीसीआर परीक्षण गर्दा २३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३०३८ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७५ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२४८६२ रहेको छ । नेपालमा निको हुनेको दर ७५.८ प्रतिशत रहेको छ ।