×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026

सङ्घीयता सबल बनाउन १३ अर्ब

१४ कार्तिक २०७७

काठमाडौँ: सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम सुरु गरेको छ ।

कुल बजेट १३ अर्ब रुपियाँको लागतमा चार वर्षसम्म सञ्चालन हुने यस कार्यक्रममा १० अर्ब रुपियाँ विकास साझेदारी संस्था, बेलायत सहयोग नियोग, युरोपेली सङ्घ, नर्वेजियन सरकार, स्विस सरकार र यूएनडीपीले सहयोग गरेका छन् । तीन अर्ब रुपियाँ नेपाल सरकारको साझेदारीमा कार्यक्रम सञ्चालन भएको मन्त्रालयले जनाएको छ ।

सङ्घीय व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न तीनै तहको सरकारको काम र अधिकारको बुझाइमा एकरूपता ल्याउन प्रदेश र स्थानीय तहको क्षमता विकास गर्ने गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

सङ्घीयताको बुझाइप्रति जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणबीच एकरूपता ल्याई सङ्घीयता बलियो पार्ने यसको प्रमुख उद्देश्य छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहको सरकारलाई भौतिक, प्राविधिक र व्यावहारिक रूपमा सहयोग गर्न पीएलजीएसपी कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ ।

यो कार्यक्रम सन् २०१९ जुलाईदेखि २०२३ सम्म सञ्चालनमा रहनेछ । गत वर्षदेखि नै पीएलजीएसपी कार्यक्रम सञ्चालनमा आए पनि कोरोनाका कारण काम केही सुस्त भएको र चालू आर्थिक वर्षदेखि कामको गतिमा तीव्रता आउने मन्त्रालयले जनाएको छ ।
प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक एवं उपसचिव चिरञ्जीवी तिमल्सिनाले प्रदेश र स्थानीय तहमा कानुन निर्माण, सेवा प्रवाह र सुशासन कायम गर्न आवश्यक सहजीकरण गर्ने गरी यो कार्यक्रम सञ्चालन भएको बताउनुभयो ।

संविधानमा तीनै तहको काम, कर्तव्य र अधिकार प्रस्ट उल्लेख गरिए पनि कार्यान्वयनमा व्यावहारिक कठिनाइ आएकाले त्यसको अन्त्य गर्न यो कार्यक्रम अगाडि बढ्नेछ ।

प्रदेश र स्थानीय तहले निर्माण गर्नुपर्ने कानुन तथा संस्थागत क्षमता विकासमा सहयोग गर्ने, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, तीनै तहबीच सहकार्य, सहअस्तित्व र समन्वय गर्नेका लागि आवश्यक सहयोग गर्ने उद्देश्यले पीएलजीएसपी कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

“तीन तहबीच जति बढी सहकार्य र समन्वय हुँदै जान्छ, सङ्घीयता त्यति नै बलियो हुँदै जान्छ । स्थानीय शासन विज्ञका रूपमा पीएलजीएसपीमा कार्यरत विज्ञ सीपी सिग्देलले भन्नुभयो, “नेपालमा सङ्घीयतालाई सहजीकरण, समन्वय र सहकार्य गर्न राष्ट्रिय स्तरमा योभन्दा ठूलो अर्को कार्यक्रम छैन ।”

यो कार्यक्रमले प्रदेश र स्थानीय तहबीच समन्वय र सहजीकरण मात्र नभई स्थानीय तहका नागरिकले चाहेबमोजिमका योजना कार्यान्वयन गराउनसमेत सहयोग गर्छ । स्थानीय तहको दूरगामी योजना छनोट सेवा प्रवाहमा प्रभावकारिता पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी बनाउन यो कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रम सञ्चालनका क्रममा सङ्घमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको अध्यक्षतामा र प्रदेश तहमा सातवटै प्रदेशको मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालक समिति र स्थानीय तहमा एकाइ रहने कार्यक्रमको कार्यविधिमा उल्लेख छ । स्थानीय र प्रदेश तहको मागका आधारमा पीएलजीएसपी कार्यक्रम सञ्चालन गरिने भएकाले यस कार्यक्रमले स्थानीय तहको तल्लो तहसम्म प्रभावकारिता विस्तार हुने अपेक्षा सरकारले गरेको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

सम्बन्धित खबरहरु

Scroll to Top