दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(संक्रमणको अवस्था)
नेपालमा आज मात्रै ४ हजार ९६ जना संक्रमणमुक्त भएर डिस्चार्ज हुँदा ३५ सय १७ नयाँ संक्रमित थपिए/संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय २० पुग्यो /सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ पुग्यो ।

२.(मन दुखो कि ?)
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच असमझदारी बढेसँगै संवाद गराउन ओली निकट नेताहरू सक्रिय/कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, रअ प्रमुखसँगको भेट लगायतका विषयमा दाहालको असन्तुष्टि।

३.(कांग्रेसको कलह)
२७ केन्द्रीय सदस्यले देउवाको कार्यशैलीविरूद्ध केन्द्रीय कार्यालयमा दर्ता गराएको विरोध पत्रबारे छलफल गर्न कात्तिक १७ गते शीर्ष नेताहरुको बैठक बस्ने /केन्द्रिय समिति बैठक बस्नुअघि आफूहरूले उठाएका मुद्दा सम्बोधन हुनुपर्ने रामचन्द्र पौडेल पक्षको अडान ।

४.(औपचारिकता निभाउँदै)
संघीय संसदका समितिहरुले दिएका निर्देशनहरु सरकारी तहमा कार्यान्वयन नहुने समस्या देखिँदै / पीसीआर,औषधि,स्वास्थ्य जाँच लगायतका विषयमा समितिले दिएको निर्देशन सरकारले पालना गरेनन्/ निर्देशनको पालना भए/नभएको विषयमा समिति नै बेखबर ।

५.(विरोध कि उपद्रो ?)
पैगम्बर मोहम्मदको १४९५ औं जन्मजयन्तीका दिन स्याङ्जामा फ्रान्सका राष्ट्रपति इम्यानुयल माक्रोंको तस्बिर र फ्रान्सको राष्ट्रिय झन्डा जलाइयो /कुनै पनि राष्ट्रको विषयमा विरोध प्रदर्शन कार्यक्रम गर्ने नीति नभएको र स्याङ्जा घटनाबारे बुझ्ने मुस्लिम आयोगको भनाई ।

६.(ध्यान दिने कि ?)
सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको अकर्मण्यताका कारण नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको राप्रपाका अध्यक्ष कमल थापाको भनाई /देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बन्न आग्रह ।

७.(होस् गुमाएपछि…..)
तुलसीपुरका ४५ वर्षीय कुमार बिकको खुट्टा छिनाल्ने दुई युवा प्रहरी नियन्त्रणमा /मादक पदार्थ सेवनपछि बिकको बाँया खुट्टा छिनालिदिएको र दुबै हात र ढाडमा समेत गहिरो घाउ लाग्ने गरी आक्रमण गरेको प्रहरीको भनाई ।

८.(सुख छैन सुरक्षामा )
भन्सार छली ल्याएको सामान नियन्त्रणमा दिन खोज्दा बारामा प्रहरी र स्थानीयबीच भएको झडपको बारेमा सत्यतथ्य छानबिन गर्न समिति गठन /झडपमा परी गम्भीर घाइते भएका १४ वर्षीय बालकको स्वास्थ्यमा सुधार ।

९.(सकियो दशैं)
आज कोजाग्रत पूर्णिमा, दशैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै /मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाइने /आज महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसे घरमा महालक्ष्मी प्रवेश गर्ने धार्मिक विश्वास ।

१०.(जनता जागे)
वीरगञ्ज–पथलैया ६ लेन सडक निर्माणमा ढिलाइ भएको भन्दै बाराको जीतपुरका स्थानीयद्वारा तीन घण्टा चक्काजाम/सडक विस्तारका लागि घर टहरा भत्काएको दुई वर्ष पुग्दा समेत सडक निर्माणले गति नलिएको भन्दै विरोध ।

११.(कुटिएको कुरा)
भारतको देहरादुनमा कुटिएका नेपाली विद्यार्थीहरुको निःशुल्क उपचार गर्न र दोषीलाई कारबाहीको पहल गर्न नेविसंघको माग /कुटपिट गर्ने अध्यापकलाई कारबाही तथा फर्कन चाहने विद्यार्थीलाई सुरक्षित फर्काइने राजदूत निलाम्बर आचार्यको भनाई ।

१२.(फूल के होला ?)
यसवर्षको तिहार अगाडी नै सयपत्री फूल फुलिसक्ने र माग अनुसार फूल आपूर्ति हुन नसक्दा बजार प्रभावित हुनसक्ने आकलन/क्यालेण्डरको आधारमा फूल खेती गरिएकाले चिन्ता नलिन र स्वदेशी उत्पादनले नै माग धान्ने व्यवसायीहरुको भनाई ।

१३.(भू–भागको चिन्ता)
साउदी अरबले निकालेको नयाँ नोटमा रहेको अन्तर्राष्ट्रिय सीमाका बारेमा चिन्ता व्यक्त गर्दै भारतद्वारा सुधारको माग /साउदीको २० रियालको नोटमा छापिएको विश्वको नक्सामा छुटेको जम्मु कश्मिर र लद्दाखलाई भारतको भूभागका रूपमा समेट्न आग्रह ।

१४.(खेलाडीमा संक्रमण)
बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि / मैत्रिपूर्ण खेलका लागि प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाको भनाई ।

र,

१५.(विश्वमा आज)
कोरोना महामारीबाट हालसम्म विश्वभरमा ४ करोड ५४ लाख बढी संक्रमित /३ करोड ३० लाख बढी उपचारपछि निको भएर घर फर्किए / हालसम्म ११ लाख ८७ हजार बढी संक्रमितको मृत्यु ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top