१५ कार्तिक, सल्यान ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
सल्लीबजारबाट कुशे गाउँपालिका ६ जाँदै गरेको भे १ त ८३१४ ट्याक्टर दुर्घटना हुँदा सह चालक कुशे गाउँपालिका ६ का २४ वर्षीय रामबहादुर सिंहको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।
ट्याक्टर डिजेल बोकेर कुशे गाउँपालिका जाँदै गर्दा छेडागाड नगरपालिका –१० धारामा दुर्घटनामा परेको हो । जाजरकोटमा प्रटोलियम पर्दाथको डिपो नहुँदा सल्लीबजारबाट तेल ढुवानी गरिँदै आएको छ ।
