×

NEPAL TIMES UPDATES

Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

४ चैत्र २०८२

४ चैत ,काठमाण्डौ ।

इरान युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नैतिक रुपमा घेरिदै गएका छन् । इजरेलसँग मिलेर इरानमाथि गरेको आक्रमणको १९ दिन पुग्दा युद्ध अन्त्यको संभावना अनिश्चित बन्दै गएपछि उनका उच्च सहयोगीले नै साथ छाडेका छन् । ट्रम्प प्रशासनको आतंकवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति विमति राख्दै आफ्नो पदबाट राजीनामा दिएका छन्।

Advertisement
Advertisement

उनले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न आग्रह पनि गरेका छन्। केन्द्रका निर्देशक केन्टले आफ्नो एक्स अकाउन्टमा पोस्ट गरेको पत्रमा इरान अमेरिकाका लागि तत्काल खतरा नभएको बताएका छन्। उनले ट्रम्प प्रशासनले इजरायल र उसको शक्तिशाली अमेरिकी लबीको दबाबमा यो युद्ध सुरु गरेको दाबी गरेका छन्।

अमेरिकी विशेष बल र सीआईएका अनुभवी व्यक्ति ४५ वर्षीय केन्टले स्वदेश तथा विदेशमा रहेर मातृभूमिको पक्षमा लामो समय योगदान गरेका छन्। उनकी पत्नी शैनन केन्टले पनि अमेरिकी नौसेनामा ‘क्रिप्टोलोजिक टेक्निसियन’ का रूपमा काम गरेकी थिइन्। तर उनी सन् २०१९ मा सिरियामा भएको आत्मघाती आक्रमणमा श्रीमती केन्ट मारिइन्।

जो केन्टले आफ्नो पत्रमा मनेका छन्, ’सन् २०२५ को जुनसम्ममा ट्रम्पले मध्यपूर्वमा युद्धले अमेरिकालाई हाम्रा देशभक्तहरूको बहुमूल्य जीवनबाट वञ्चित गरेको र हाम्रो राष्ट्रको सम्पत्ति र समृद्धिलाई कम गरेको कुरा बुझ्नुभएको छ।’ केन्टले उच्च पदस्थ इजरायली अधिकारी र प्रभावशाली अमेरिकी पत्रकारहरूले ‘गलत सूचना’ फैलाएको र यसले ट्रम्पलाई आफ्नो ‘अमेरिका फस्र्ट’ प्लेटफर्मलाई कमजोर बनाएको पनि उल्लेख गरेका छन्।

पत्रमा अगाडि लेखिएको छ, ’इरान अमेरिकाका लागि ठूलो खतरा छ भन्ने तपाइँलाई विश्वास दिलाउन यसको प्रयोग गरिएको थियो। यो झुट थियो।’ लामो समयदेखि ट्रम्पका समर्थक रहेका केन्ट गत वर्ष जुलाईदेखि अमेरिकी आतङ्कवादविरोधी केन्द्रको निर्देशकको रूपमा नियुक्त भएका थिए।

यसअघि केन्ट अमेरिकी सेनासँग ११ पटक विदेशमा तैनाथ भइसकेका छन्। यसअन्तर्गत इराकमा अमेरिकी सैन्य विशेष बलको तैनाथी पनि पर्छ। अमेरिकी गुप्तचर निकाय सीआईएमा पनि काम गरेको अनुभवी केन्टले श्रीमतीको मृत्युपछि सरकारी जागिर छाडेका थिए। आफ्नो पत्रमा केन्टले आफ्नो सैन्य सेवा र आफ्नी पत्नीको मृत्युलाई उद्धृत गर्दै लेखेका छन्, ’उहाँ अर्को पुस्तालाई युद्धमा लड्न र मर्न पठाउन समर्थन गर्न सक्नुहुन्न, जसले अमेरिकी जनताको हित गर्दैन र अमेरिकी जीवनको लागतलाई न्यायोचित ठह¥याउँदैन।’

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका धेरै वरिष्ठ अधिकारीहरूले राजीनामा दिएका छन्, जसमा सेक्युरिटिज र एक्सचेन्ज कमिसन प्रवर्तन निर्देशक मार्गरेट रायन र केनेडी सेन्टरका अध्यक्ष रिक ग्रेनेल पनि छन्। यद्यपि राष्ट्रपतिको दोस्रो कार्यकालमा अफिसरको आवागमनको दर उनको पहिलो कार्यकाल सन् २०१७ देखि सन् २०२१ को तुलनामा धेरै कम छ ।

अमेरिकी जनताको ठूलो मतपनि इरान युद्धको विपक्षमा देखिएको छ । अमेरिकामा इरानमाथिको आक्रमणबारे जनमत विभाजित देखिएको छ । हालै सार्वजनिक गरिएको क्विनिपियाक विश्वविद्यालयको सर्वेक्षणमा अधिकांश अमेरिकी मतदाताले युद्धप्रति चिन्ता व्यक्त गरेका छन् ।

सर्वेक्षणमा सहभागी ५३ प्रतिशत अमेरिकी मतदाताले इरानमाथि गरिएका आक्रमणको विरोध गरेका छन् भने ४० प्रतिशतले यसको समर्थन गरेका छन् । यसले अमेरिकी समाजमा युद्धप्रति उल्लेखनीय असहमति रहेको सङ्केत गर्छ । अझ बढी विरोध त अमेरिकी सैनिकलाई इरानमा पठाउने विषयमा देखिएको छ ।

सर्वेक्षणमा सहभागी झन्डै तीन चौथाइ उत्तरदाताले अमेरिकी स्थल सेना इरान पठाउने प्रस्तावलाई समर्थन नगर्ने बताएका छन् । युद्धका सम्भावित परिणामबारे पनि धेरै अमेरिकी चिन्तित छन् । सर्वेक्षणमा सहभागी तीन चौथाइभन्दा बढीले यो युद्धका कारण अमेरिकाभित्र नै आतङ्कवादी आक्रमणको जोखिम बढ्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

इरान आक्रमणपछि पश्चिम एसियामा रहेका १४ देशमा रहेका अमेरिकीलाई तत्काल ती देश छाड्न पटक पटक सन्देश जारी गरिसकिएको छ । इरान युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने २ सय भन्दा बढी घाइते भएको तथ्याङ छ।

अर्काेतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश नेटो देशहरूले इरान विरुद्धको अमेरिकी सैन्य कारबाहीमा सामेल हुन अस्वीकार गरेको बताएका छन् । यसमा असन्तुष्टि व्यक्त गर्दै ट्रम्पले अमेरिकालाई कुनै पनि बाह्य समर्थनको आवश्यकता छैन भनेका हुन् ।

‘हामीलाई हाम्रा धेरैजसो नेटो सहयोगीहरूले भनेको छ कि उनीहरू इरानको ‘आतंकवादी शासन’विरुद्धको हाम्रो सैन्य अभियानमा भाग लिन चाहँदैनन्,’ ट्रम्पले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन् । साथै, उनका अनुसार करिब सबै देशहरू इरानलाई कुनै पनि परिस्थितिमा आणविक हतियार प्राप्त गर्न दिनु हुँदैन भन्ने कुरामा सहमत छन् ।

नेटो देशहरूको अडानले आफू अचम्मित नरहेको भन्दै ट्रम्पले भने, ‘मैले सधैं विश्वास गरेको छु कि नेटो एकतर्फी प्रणाली हो, हामी तिनीहरूलाई सुरक्षा गर्छौं, तर तिनीहरूले आवश्यकताको समयमा हाम्रो लागि केही गर्दैनन् ।’ ट्रम्पले अमेरिकी सेनाले इरानको सैन्य शक्तिलाई ठूलो मात्रामा नष्ट गरेको र अब कुनै पनि सहयोग बिना नै परिस्थितिलाई सम्हाल्न सक्ने दाबी गरे ।

ट्रम्पका अनुसार अब अमेरिकालाई जापान, अष्ट्रेलिया र दक्षिण कोरियाजस्ता देशहरूको सहयोगको आवश्यकता छैन । मध्यपूर्वमा जारी युद्धको बीचमा ट्रम्पको यो बयानले अमेरिकाको आफ्ना सहयोगीहरूसँगको सम्बन्धमा बढ्दो दूरीलाई देखाएको छ ।
यसैबीच, इजरायलको हवाई हमलामा इरानका शक्तिशाली व्यक्तित्व अली लारीजानीको मृत्यु भएको पुष्टि गरिएको छ। इरानको सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलले मंगलबार यसबारे आधिकारिक जानकारी दिएको हो। लारीजानी उक्त काउन्सिलका सचिव थिए र पूर्व सर्वोच्च नेता अली खामेनी पछि पर्दापछाडिबाट देश सञ्चालन गरिरहेका व्यक्तिका रूपमा चिनिन्थे।

एएफपीका अनुसार उक्त हमलामा लारीजानीसँगै उनका छोरा र अंगरक्षकहरूको पनि मृत्यु भएको छ। काउन्सिलले उनलाई ‘शहीद’ घोषणा गर्दै जीवनभर इस्लामिक गणतन्त्रको सेवा गरेको उल्लेख गरेको छ। यसअघि इजरायलका रक्षा मन्त्री इजरेल कार्टजले लारीजानी मारिएको बताएका थिए।

Advertisement

इजरायली सेनाका अनुसार सोमबार राति गरिएको हवाई आक्रमणमा उनी मारिएका हुन्। साथै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि हमलाको उद्देश्य इरानी नेतृत्व कमजोर बनाउनु रहेको बताएका छन्।

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top