१५ कार्तिक, विराटनगर ।
उदयपुर त्रियुगा नगरपालिका २ खैजनपुर बस्ने ३८ बर्षीया रिता बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार साँझ साढे ६ बजे खेतमा पानी लगाउनका लागि मोटर चलाउने क्रममा अचानक करेन्ट लाग्दा रिता वेहोस भएकी थिईन् ।
वेहोस भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
