न्युजिल्याण्डमा इच्छामृत्युको पक्षमा मतदान

१४ कात्तिक ७७, शनिबार

१५ कार्तिक, एजेन्सी ।
न्युजिल्याण्डमा इच्छामृत्युको पक्षमा मतदान भएको छ ।

न्युजिल्याण्डका मतदाताले युथनेजिया (इच्छामृत्यु) लाई कानूनी मान्यता प्रदान गर्ने पक्षमा मत दिएका हुन् । अभियन्ताहरुले यसलाई करुणा र दयाका लागि जित रहेको बताएका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार इच्छामृत्युलाई वैधता प्रदान गर्ने सम्बन्धी कानून कार्यान्वयनमा ल्याउने पक्षमा ६५.२ प्रतिशत मत परेको छ । कानून अनुसार गम्भीर बिरामी परेका व्यक्तिले दुई डाक्टरबाट स्वीकृति पाएमा इच्छामृत्यु प्राप्त गर्न सक्ने छन् ।

Advertisement

यसका लागि त्यस्ता बिरामीको जीवनकाल ६ महिना भन्दा कम रहेको जानकारी डाक्टरले दिएको हुनु पर्छ । सो कानूनको विपक्षमा रहेकाहरुले भने त्यसमा सुरक्षात्मक उपायको कमी रहेको बताउँदै आएका छन् ।

शुक्रबार घोषणा गरिएको जनमत संग्रहको नजितामा झण्डै चार लाख ८० हजार विशेष मत समावेश छैन । सोही कारण जनमत संग्रहको अन्तिम परिणाम नोभेम्बर ६ मा मात्रै घोषणा हुनेछ ।

Advertisement

तर अहिले नै इच्छामृत्युको पक्षमा ठूलो समर्थन मिलेकाले नतिजामा असर भने गर्ने छैन । जनमत संग्रहको नतिजा लागु गर्न सरकार बाध्य रहेकाले सो कानून आउँदो वर्ष (२०२१) को नोभेम्बरमा लागु हुनेछ ।

विश्वमा सीमित देशले मात्रै इच्छामृत्युलाई कानूनी मान्यता दिएका छन् । नेदरल्याण्डस र क्यानडासँगै न्युजिल्याण्ड पनि अब इच्छामृत्युलाई मान्यता दिने देशको सूचिमा सामेल हुने भएको छ ।

इच्छामृत्युलाई प्रधानमन्त्री ज्यासिन्डा आर्डर्न र विपक्षी नेतृ जुडिथ कोलिन्सले पनि समर्थन गरेका छन्।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top