×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेरको तयारी

१६ कार्तिक २०७७

१६ कार्तिक, विराटनगर ।
कर्णाली प्रदेशको मन्त्रिमण्डल हेरफेरको तयारी भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिमण्डल हेरफेर गर्न लागेको बुझिएको छ । स्रोतका अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी छ ।

Advertisement
Advertisement

चन्द्रबहादुर शाही, करवीर शाही र अमरबहादुर थापालाई नयाँ मन्त्रीका रुपमा जिम्मेवारी दिने तयारी छ। यसैबीच
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सरकारबाट बाहिरिने संकेत गरेका छन् ।

उनले आइतबार बिहानै फेसबुकमार्फत ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्व नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै उत्पन्न विवादले कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको हो ।

शनिबार साँझ मन्त्रिमण्डल पुनर्गठनको खाका तयार भएको र केन्द्रीय राजनीतिको हस्तक्षेप नभए ओली पक्षका मन्त्रीलाई हटाएर पुनर्गठन हुने मुख्यमन्त्री निकट स्रोतले बतायो ।

यही सम्भावनाबीच मन्त्री रावलले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् । उनले राजीनामा भने दिएका छैनन् । सांसद यामलाल कँडेलको अगुवाइमा दर्ता भएको अविश्वासको प्रस्तावबाट नेपाल पक्षका ७ जनाले हस्ताक्षर फिर्ता लिएपछि कात्तिक ७ गते उक्त प्रस्ताव अस्वीकृत भइसकेको छ ।

अविश्वास प्रस्ताव असफल बनाउने सन्दर्भमा नेपाल–दाहाल पक्षबीच भएको सहमतिअनुसार मन्त्रिमण्डल पुनर्गठन हुन लागेको नेपाल समूहका एक सांसदले बताए ।

Advertisement

सोअनुसार मन्त्रिमण्डल पुनर्गठन भएमा कर्णाली सरकारमा नेपाल समूहका ४ र दाहाल समूहका मुख्यमन्त्री सहित ३ जना हुनेछन् । सरकारमा ओली समूहको उपस्थिति शून्य हुनेछ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top