विराटनगर,जेठ २ ः मकालु एयरको वेपत्ता कार्गोे विमान दुर्घटनाग्रस्त अवस्थामा हुम्लामा फेला परेको छ ।
विमान दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकी छ ।’
सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि विमान उक्त नाइन एन एयूजे कलसाइनको विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । ६ः५५ मा सिमिकोटमा पुग्नुपर्ने विमान बीच बाटोबाटै सम्पर्क विच्छेद भएको थियो ।
यसअघि सो विमान बाजुराको बगरमा फोर्स ल्याण्डिङ भएको जानकारी त्रिभुवन विमानस्थलमा आएको सूचना महाप्रवन्धक क्षेत्रीले सन्चार माध्यमहरुलाई दिएका थिए ।