×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अध्यक्ष भएदेखि प्रचण्डले विवाद झिक्ने बाहेक केही काम गरेनन्ः ईश्वर पोखरेल

१७ कार्तिक २०७७

१७ कात्तिक, काठमाडाैँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण अहिलेको अवस्था आएको नेकपा सचिवालय सदस्य इश्वर पोखरेलले टिप्पणी गरेका छन् ।

Advertisement
Advertisement

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैसेपाटीमा गुटको भेला गरेर सहमति विपरित अर्को काम गर्ने प्रवृतिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलले बताए । सोमबार साँझ न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले अध्यक्ष प्रचण्डको दोहोरो प्रवृतिका कारण अहिलेको स्थितिमा पार्टी आइपुगेको बताए । उनले भने‘बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउनुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न, छलफल हुन्छ, त्यहाँ कुराहरु हुन्छ अनि काउन्टर रणनीति के बन्छ भन्दा समिकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउनुहुन्छ र त्यो योजना यता ल्याउनुहुन्छ । अनि समस्या त खडा हुने भयो । गर्नु के पथ्र्यो भने दुईवटा अध्यक्षको बीचमा छलफल हुने सहमति हुने यदि सहमति हुन सकेन भने आ–आफ्नो विश्वासिला साथिहरु दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर खराखरी कुरागरे भइहाल्छ । अनि त्यस आधारबाट गाइडेड हुने र त्यो महाधिवेसन सम्म पु¥याउने कुरा गरेत हुन्थ्यो । त्यो नगर्ने वित्तीकै विग्रेको हो ।’

पार्टी एकता गर्दाको समयमा भएको सहमतिको आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको विवाद अन्त्य हुन सक्नेपनि उनले बताए । पार्टी एकता गर्दाखेरीको आधारमा टेकेर काम गर्नुपर्नेमा गलत ठाउँमा टेक्दाको परिणाम अहिलेको स्थिति रहेको पनि नेता पोखरेलले बताए। उनले भने, ‘फेरी एकता गर्दा तय गरिएका आधारमा फर्कन प¥यो, त्यो आधारमा टेक्नुप¥यो, त्यहाँ टेकेर अगाडी बढ्नु प¥यो । यदि सकारात्मक निष्कर्षमा पु¥याउने, दुर्घटना हुनबाट बचाउने हो भने यो भन्दा अर्को कुनै विकल्प हुँदैन । यदि प्रधानमन्त्रीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झनझन बल्झिन्छ, दुखद परिणाम हुन्छ ।’

अहिलेपनि अध्यक्ष प्रचण्डले गुटको भेला गर्ने र प्रधानमन्त्री समक्ष दवाव सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता नपाउने नेता पोखरेलले बताए । उनले भने ‘अहिले पनि अध्यक्ष पुष्पकमल दाहालले अरुअरु साथिहरुसित सल्लाह गर्दै समिकरण बनाउने र त्यो समिकरणको बलमा यता दवाव सिर्जना गर्ने कुरा गर्नुभयो भने त्यो सम्भव छैन् । त्यो उचित हुँदैन । त्यो हानिकारक हुन्छ, त्यसले दुःखद परिणाममा पु¥याउँछ ।’

Advertisement

नेता पोखरेलले अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएदेखि विवाद झिक्ने बाहेक केहीपनि काम गर्न नसकेको समेत बताए। यस्तै पार्टीको निर्णय नभई प्रधानमन्त्री ओलीले कुनैपनि काम गर्न हुँदैन भन्ने भएकाले पनि समस्या आएको उनले बताए।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top