×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार

२ जेष्ठ २०७५

भक्तपुर, २ जेठ ः सरकारले सीपयुक्त र चरित्रवान नागरिक तयार पार्ने उद्देश्यले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार पारेको छ ।

पाठ्यक्रम विकास केन्द्र सानोठिमीले शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना र कक्षा ११÷१२ लाई विद्यालय शिक्षामा राखेपछि नयाँ पाठ्यक्रम प्रारुप तयार पार्दै केन्द्रले सुझाव संकलन शुरु गरेको छ ।

Advertisement
Advertisement

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले मुलुक संघीय संरचनामा रूपान्तरण गरेकाले पाठ्यक्रम सम्बन्धी संघीय, प्रादेशिक र स्थानीय भूमिकालाई व्यवस्थित गर्न, शिक्षा ऐनको व्यवस्थाअनुसार विद्यालय शिक्षालाई प्रारम्भिक बाल शिक्षादेखि कक्षा १२ सम्म नै पुनसंरचित गर्न एवं विद्यमान विद्यालय शिक्षालाई सीपमूलक, जनोपयोगी, रोजगार उन्मुख एवं मूल्यमा आधारित बनाउने उद्देश्यले नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारूप मस्यौदा तयार पारेको बताए ।

विसं २०७३ पुसबाट शुरु गरी तयार पारिएको प्रारुपलाई अझ राम्रो बनाउन सुझाव संकलन शुरु गरेको बताउँदै उनले पाठ्यक्रम तथा पाठ्यक्रम सम्बद्ध विश्वव्यापी परिवेश, विद्यमान पाठ्यक्रमको विश्लेषण, विशेषज्ञ एवं विज्ञहरूको सल्लाह सुझाव र प्रतिक्रियासमेतका आधारमा पाठ्यक्रम प्रारूप तयार गरिएको बताए ।

विद्यालय शिक्षाको पाठ्यक्रम तयार पार्दा आभारभूत तह र माध्यमिक तहको आधारमा पाठ्यक्रम तयार पारिएको छ । यसलाई पाँच तह तथा दुई समूहमा विभाजन गरिएको छ । अब पाठ्यक्रम तयार पार्दा पूर्णांङ्कको सट्टा पाठघण्टा र वार्षिक कार्यघण्टाको संरचना अपनाइएको काप्रीले बताए ।

यसअघि दैनिक पढाइ तालीका हुँदा एक विषयको ३५ देखि ४५ मिनेट हुँदै आएकोमा नयाँ पाठ्यक्रमले कम्तीमा एक विषय दैनिक एक घण्टा पढाउनुपर्ने योजना तयार गरेको छ ।

त्यस्तै साधारण जीवनका लागि आवश्यक सीप जस्तैः अन्तर वैयक्तिक सीप, स्वचेतना सीप, आलोचनात्मक तथा सिर्जनात्मक सोचाइका सीप, निर्णय गर्ने सीप र द्वन्द्व तथा तनाव व्यवस्थापन सम्बन्धी सीप समावेश गरी मिश्रित एवं एकीकृत पाठ्यक्रम दृष्टिकोणका माध्यमद्वारा पाठ्यक्रम विकास गरिनेछ ।

विद्यालय शिक्षामा कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षा मानिएको छ । माध्यमिक शिक्षालाई साधारण, प्राविधिक तथा व्यावसायिक र संस्कृत गरी तीन प्रकारमा वर्गीकरण गरिएको छ । आधारभूत शिक्षाको उद्देश्य प्राप्तिका लागि सञ्चालन हुने खुला तथा वैकल्पिक शिक्षाका लागि समेत यो पाठ्यक्रम संरचना लागू हुने बताइएको छ ।

वैकल्पिक शिक्षाको लचिलो समयमा आधारित पाठ्यक्रम समकक्षी औपचारिक शिक्षाको पाठ्यक्रमका आधारमा पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गर्ने जनाएको छ । नेपालमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप पहिलो पटक विसं २०६३ मा स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको थियो ।

यसले मार्गनिर्देश गरेअनुसार विद्यालय शिक्षाको पाठ्यक्रम विकास र परिमार्जन गरिएको थियो । समसामयिक परिवर्तनलाई समेटी विसं २०७१ मा उक्त प्रारूपमा परिमार्जन गरिएको थियो ।

Advertisement
Advertisement

रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top