×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

मुक्तिनाथमा पर्यटकको चाप बढ्दै

२ जेष्ठ २०७५

बागलुङ, २ जेठ ः मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ ।

मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् । नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

Advertisement
Advertisement

धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले मुक्तिनाथको भ्रमण गरेका छन् । फागुन र जेठ पनि पर्यटकीय याम हो ।

सन् २०१८ को अप्रिलमा मुक्तिनाथ घुम्ने बाह्य पर्यटकको संख्या नौ हजार १०५ रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित पर्यटक सूचना केन्द्रका अनुसार गत जनवरीदेखि अप्रिलसम्म १६ हजार ९८४ बाह्य पर्यटक मुक्तिनाथ पुगेका छन् । सबैभन्दा बढी आठ हजार ५५६ पर्यटक भारतीय रहेका छन् ।

मुक्तिनाथ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । बाह्यको तुलनामा दोब्बर आन्तरिक पर्यटकले मुक्तिनाथको भ्रमण गरेको बताइएको छ । एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख तुलसीप्रसाद दाहालले जेठ अन्तिमसम्म मुक्तिनाथमा पर्यटकको चाप बढ्ने बताए ।

“अहिले दैनिक सयौं बाह्य पर्यटक मुक्तिनाथ आइरहेका छन्, आन्तरिक पर्यटकको पनि घुइँचो छ,’ उनले भने, “पर्यटकको चाप बढेपछि मुक्तिनाथ क्षेत्रका होटललाई भ्याइनभ्याइ छ ।”

मुक्तिनाथ, रानीपौवास्थित ‘स्रेने गेष्ट हाउस’ का सञ्चालक रामहरि फुयाँल बास बस्ने पर्यटक बढेको बताउँछन् । पर्यटकको चाप बढ्न थालेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि उत्तिकै बढेको छ । मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटकले रात बिताउने गरेका छन् । कतिपय पर्यटक भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँ जान्छन् ।

जोमसोमका होटल व्यवसायी अनिता शेरचन पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढेको बताउँछिन् । “मुस्ताङ घुम्ने नेपालीको संख्या वर्षेनी बढ्दो छ, पर्यटकीय याममा हाम्रो पनि व्यस्तता बढ्छ,’ उनले भनिन् । “मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्री र यात्रामा रमाउने युवाको रोजाइमा मुस्ताङ पर्ने गरेको छ । यातायातको सहजताले पनि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको हो ।

एक्याप जोमसोमका प्रमुख दाहालका अनुसार म्याग्दीहुँदै सडक मार्ग र पोखराबाट हवाई मार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको संख्या सबैभन्दा बढी छ । यस्तै, मनाङहुँदै थोरङ्लापास भएर मुस्ताङ छिर्ने पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ । मुस्ताङ छिर्ने अधिकांश पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् । सूचना केन्द्रका अनुसार वर्षेनी मुक्तिनाथ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ ।

Advertisement

गत वर्ष कूल ४६ हजार ६७५ बाह्य पर्यटकले मुक्तिनाथ घुमेका थिए । सन् २०१८ मा उक्त संख्या थप बढ्ने अनुमान गरिएको छ । मुक्तिनाथ नपुगी अन्य मार्गबाट उपल्लो मुस्ताङको लोमान्थाङ लगायतका गन्तव्य घुम्ने पर्यटक पनि छन् । गतवर्ष ५२ हजार बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।
रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top