भारतीयलाई नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा रिहा

१८ कात्तिक ७७, मंगलबार

१८ कात्तिक, गोदावरी।

Advertisement

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी धरौटीमा रिहा भएका छन् । वंशजका आधारमा भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिएको आरोपमा पक्राउ परेका वडाध्यक्ष जोशी रु २५ हजार धरौटी बुझाएर छुटेका हुन् ।

जिल्ला अदालत कैलालीमा सोमबार भएको थुनछेक बहसपछि वडाध्यक्ष जोशी रु २५ हजार धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

Advertisement

जोशीले धनगढी उपमहानगरपालिका–१२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुबा बनेको सिफारिस गरेको भेटिएपछि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरीले जोशीलाई नागरिकता ऐन, २०६३ बमोजिम कारबाही गर्न राय दिएका थिए ।

नक्कली विवरण बनाएर जिल्ला प्रशासन कार्यालय कैलालीबाट नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी जिल्ला अदालत कैलालीको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ । नेपाली नागरिकता लिने अन्सारीका नक्कली दाजु बनेका खुसीराम चौधरी अदालतले माग गरेका रु ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जनाइएको छ ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top