×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको कार्यक्रममा Balen आउने सम्भावना कम || Nepal Times
Mar 18, 2026
Playing
Trumpको रडारमा पर्याे Cuba|| Nepal Times
Mar 18, 2026
Playing
इ रान यु द्ध मा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ, Larijani मा रिएको पुष्टि|| Nepal Times
Mar 18, 2026
Playing
Balen र Rabi सँग सँगै काम गर्न चीन तत्पर, कहिले बन्छ बालेन सरकार ?|| Nepal Times
Mar 18, 2026
Playing
सांसदलाई स्वर्णिमले के भनेर पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026

सरकारले तोकेकोभन्दा १५ प्रतिशत बढीमा धान खरिद

१९ कार्तिक २०७७

१९ कार्तिक, टीकापुर ।
कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिहेका छन्।

किसानले उत्पादन गरेको धानले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नपाइरहेको गुनासो आइरहेका बेला कैलालीका किसान भने बढी मूल्य पाएर खुशी भएका छन्।

Advertisement

नेपाल सरकार मन्त्रिपरिषद्को गत असार २ गतेको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि मोटा धानको प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार ८८५ न्यूनतम समर्थन तोकेको थियो।

कैलालीका केही कृषि सहकारीले किसानको बीउ धान सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत थप गरी खरिद गरिरहेका छन्। कृषि सहकारीले किसानलाई बीउ उत्पादनका लागि मूल र प्रमाणीकरणको बीउ उपलब्ध गराएर प्रथम पुस्ताको उन्नत बीउ उत्पादन गर्ने गरेका छन्।

यसरी किसानले गुणस्तरीय बीउ उत्पादनका लागि गर्नुपर्ने बाली निरीक्षण, सुपरीवेक्षण, विधि र पद्दतिको प्रयोगबाट उत्पादन भएको बीउलाई सहकारीले महङ्गोमा खरिद गरिरहेका नमूना बहुउद्देश्यीय सहकारी संस्था टीकापुरका अध्यक्ष जीतबहादुर चौधरीले बताए।

“किसानको उत्पादनले उचित मूल्य पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । हामीले नै बीउ उपलब्ध गराएर किसानलाई बीउ उत्पादनमा प्रोत्साहन गरेका थियौँ”, जीतबहादुरले भने, “त्यही बीउ सरकारले तोकेकोभन्दा केही महङ्गोमा खरिद गरेका हौँ । तोकेकोभन्दा बढी मूल्य पाएपछि किसान खुशी छन् ।”

कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा १२ वटा बीउ उत्पादक कृषि सहकारी र कम्पनी छन्। यी सहकारी र कम्पनीले एक हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानको बीजवृद्धि खेती गरी धानको बीउ उत्पादन गर्दै आएका छन्।

अन्य बाली उत्पादनभन्दा बीउ बाली उत्पादनमा धेरै मेहनत तथा किसानले ध्यान दिनुपर्ने हुनाले सरकारले निर्धारण गरेको समर्थन मूल्यमा प्रतिक्विन्टल रु ३०० थप गरी किसानबाट खरिद गरिरहेको बीजवृद्धि कृषि सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले जानकारी दिए।

“बीउका लागि गरिने खेतीमा अन्य खेतीभन्दा बढी मेहनत लाग्छ”, प्रबन्धक रावतले भने, “सहकारीको बैठक बसेर प्रतिक्विन्टल रु ३०० बढीमा खरिद गर्ने निर्णय ग¥यौँ । यसले किसानलाई बीजवृद्धि खेती गर्न प्रोत्साहनसमेत गर्छ ।”

सरकारले किसानबाट खरिद गरेको धानको भुक्तानी १५ दिनभित्र किसानलाई दिइसकेको हुनुपर्ने व्यवस्था गरेको छ । कृषि सहकारीले किसानलाई रकम भुक्तानी गरेको प्रमाणको आधारमा सहकारीले सरकारबाट अनुदान पाउने व्यवस्था छ ।

सरकारको समर्थन मूल्यभन्दा बढी नै मूल्यमा धान खरिद गरे पनि किसानलाई तत्काल नगद रकम दिइरहेको धनसिंहपुर कृषि सहकारीका अध्यक्ष धनसिंह साउदले बताए। “हामीले प्रतिक्विन्टल रु ४०० बढीमा खरिद गरिरहेका छौँ”, अध्यक्ष साउदले भने, “वर्षभरि खेती गरेका किसान यतिखेर धान बेचेर हिउँदे खेती गर्ने तयारीमा छन् ।

हामीले नगद दिएर नै खरिद गरिरहेका छौँ ।” बजारमा गल्ला व्यापारीले यही धान रु दुई हजार १०० सम्म मात्र मूल्य दिने गरेका छन् । टीकापुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समेत धान खरिद शुरु गरेको छ ।

किसानले खाद्यमा मोटा धान प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धान प्रतिक्विन्टल रु दुई हजार ८८५ मा बिक्री गरिरहेका छन् । सहकारीमा बिक्री गर्नेले यसमा १५ देखि २० प्रतिशत थप रकम पाइरहेका छन् ।

स्थानीय रामदुलारे चौधरीले बजारको मूल्यभन्दा करिब रु एक हजार बढी रकम पाउनु किसानका लागि खुशीको कुरा भएको बताए। “यस वर्ष किसानले खेती गरेर उचित मूल्य पाएका छन्”, उनले भने, “मैले हिजो बिक्री गरेँ । अब किसान ठगिने दिन अन्त्य भएछन् जस्तो लाग्यो ।”(रासस)

भर्खरको समाचार

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

सम्बन्धित खबरहरु

Scroll to Top