×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अपराधिक घटनामा झापा प्रहरीलाई मिलेको सफलता

१९ कार्तिक २०७७

१९ कात्तिक, झापा ।

गत बर्षको माघ महिनामा झापाको बिर्तामोड नगरपालिका–२ चारपाने नजिकै संवेदनशील अंग (गुप्ताङ्ग) काटेर हत्या गर्दै जलाइएको अबस्थामा भारतीय नागरिक सुवान शेखको शव फेला प¥यो ।

Advertisement
Advertisement

नेपालमा रहेर लामो समयदेखि निर्माण क्षेत्रमा श्रमिकको काम गर्दै आएका उनलाई मादक पदार्थ सेवन गरेका आफ्नै साथीले सामान्य विवादमा हत्या गर्दै परालको कुनिउमा जलाएका थिए । हत्या गरिएका शेखको संवेदनशील अंग (गुप्ताङ्ग) काटेर एकातिर फालिएको थियो भने शव अर्काेतिर जलेर क्षतविच्छ्यत थियो । शवको पहिचान खुल्ने कुनै आधार नै थिए ।

तर, प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालको कमाण्डमा खटिएको प्रहरीको टोलीले घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न सक्षम भयो । शेखको हत्यामा सम्लग्न चारपाने निवासी दुई युवा तत्काल पक्राउ परे । पक्राउ पर्नेमा २० वर्षीय करण चौधरी र लक्ष्मण यादव छन् । त्यस्तै गत २८ असोजमा कनकाई नगरपालिका–३ निवासी २२ वर्षीय अभिषेक चौधरीको हत्या भयो ।

लागू पदार्थ सेवनको विषयमा कनकाई नगरपालिका–७ का नगरपालिका–७ का २२ वर्षीय टुल्के भनिने रवीन राजवंशीले बञ्चरो प्रहार गर्दै चौधरीको हत्या गरेर बाँस झ्याङ्मा शव फ्यालेका थिए । तर, घटना घटेको ८ घण्टा पनि बित्न नपाउँदै प्रहरी नायव उपरीक्षक रिजालकै कमाण्डमा खटिएको प्रहरीको टोलीले घटनामा सम्लग्नलाई पक्राउ गर्दै कारवाही अगाडि बढाएको छ ।

यस्तै झापा प्रहरीले लागूऔषधको अबैध कारोवार, होटलमा हुने यौनजन्य गतिविधि, अबैध चोरी तस्करी, मानव अपहरण तथा शरीर बन्धक, हत्या र बलात्कार जस्ता जघन्य अपराधकै कारणका आरोपीलाई कानुनी कठघरामा उभ्याएको छ ।

पछिल्लो समय बिर्तामोड क्षेत्रमा लागूऔषधको अबैध कारोवार, होटलमा हुने यौनजन्य गतिविधि, अबैध चोरी तस्करी, मानव अपहरण तथा शरीर बन्धक, बलात्कार जस्ता जघन्य अपराधका घटनालाई प्रायः शून्यमा झरेका छन् ।

प्रहरी संगठनभित्र भएको श्रोत परिचालन गर्दै लागूऔषधको अबैध कारोवारमा सम्लग्नलाई धमाधम पक्राउ, होटलमा हुने यौनजन्य गतिविधिलाई निस्तेज, अबैध चोरी तस्करीको बाटो नै बन्द गरेपछि आपराधिक गतिविधिमा समेत कमी आएको हो ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top