नवलपुरमा टिपर भिरबाट खस्दा दुईको मृत्यु

१९ कात्तिक ७७, बिहीबार

२० कात्तिक, काठमाडाैँ ।

Advertisement

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा आज दुई जनाको मृत्यु भएको छ ।

विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर दुर्घटनामा परेको हो ।

Advertisement

भिरबाट करिब तीन सय मिटर तल टिपर खस्दा चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवपुरका सूचना अधिकारी बिशाल तामाङले बताए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top