हुम्लीलाई ढुवानीमा खच्चडकै भर

२१ कात्तिक ७७, शुक्रबार

२० कात्तिक, हुम्ला ।

Advertisement

राष्ट्रिय सडक सञ्जालको पहुँचमा नपुगेको हुम्लामा अहिले पनि दैनिक उपभोग्य सामानहरु खच्चड बाटै ओसार्ने गरिन्छ ।

चार हजार मिटरभन्दा अग्लो हिमालको बाटोबाट दैनिक सयौँ खच्चड सामान बोकेर ओहोर–दोहोर गरिरहेका हुन्छन् ।

Advertisement

जिल्लाका अधिकांश युवा पुस्ताको दैनिकी खच्चडसँगै बित्ने गरेको छ । मुगु–हुम्ला र बाजुरा–हुम्लाका सडकमा दैनिक सयाैँको संख्यामा सामान ढुवानी गर्ने खच्चडको लर्को भेटिन्छन ।

कुनै समय बाटो हिँड्नसमेत गाह्रो पर्ने चंखेली लेकमा पछिल्लो समय भने खच्चडबाट युवापुस्ता दैनिक उपभोग्य वस्तु ढुवानीमा व्यस्त देखिन थालेका छन् ।

Advertisement

जुम्ला पातारासी गाउँपालिका–७ पटमाराका दिनेश बुढा उमेरले १७ वर्षका भए, तर गाउँमा केही आम्दानी नभएपछि दुई वर्षदेखि मुगुको गमगढीदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म दैनिक उपभोग्य वस्तुको खच्चडबाटै ढुवानी गर्दै आएको बताउँछन् ।

घरमा परिवार संख्या ठूलो भएको र गाउँमा कमाइ केही नहुने हुनाले खच्चरबाट ढुवानी गर्ने कामदारको रूपमा हुम्ला पुगेको बुढाको भनाइ छ । महिनामा खच्चर मालिकले १५ हजार रुपैयाँ दिन्छ, त्यही पैसाले घरखर्च चलाउँदै आएको बुढाले बताउनुभयाे ।

जुम्ला पातारासी गाउँपालिका– ७ पटमाराकै वीरेन्द्र थापा खच्चड व्यवसायमा लागेको आठ वर्ष भयो । सुरुमा सडक सञ्जालसँग नजोडिएको कर्णालीका कालिकोट, जुम्ला, मुगुसम्म दैनिक खच्चडबाटै सामान ढुवानी गर्दै आएका उनी तीन जिल्लामा मोटरबाटो पुगेपछि खच्चड व्यवसाय विस्थापित हुँदै गएको बताउँछन् ।

कालिकोट, मुगु र जुम्लामा सडक पुगेपछि सामान गाडीबाट ढुवानी हुन थालेकोले हुम्ला जिल्लातर्फ खच्चड व्यवसाय गर्न थालेको उनको भनाइ छ । अहिले उनले खच्चरबाटै मासिक ७० देखि ८० हजार रुपैयाँ कमाउने गर्छन।

मुगु–हुम्ला आवतजावत गर्न आठ दिन लाग्ने गरेको छ । चंखेली हुँदै हुम्लाका विभिन्न स्थानमा झन्डै सातदेखि आठवटा खच्चडबाट सामान ढुवानी हुँदै आएको छ ।

मुगुको गमगढीदेखि हुम्लाको सातवटै स्थानीय तहमा दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामान खच्चडबाट ढुवानी हुँदै आएको छ ।

नुन, तेल, चामल, सिमेन्ट, गाडीका लागि डिजल, पेट्रोलदेखि विकास निर्माणका आवश्यक सामान दैनिक खच्चरबाट सस्तो मूल्यमा हुम्ला पुग्ने गरेको छ ।

खच्चरबाट सस्तो मूल्यमा सामान ढुवानी हुन थालेसँगै निजी घर निर्माणका लागि जस्तापातासमेत खच्चडबाट ढुवानी हुने गरेको व्यवसायी बताउँछन् ।

खच्चडबाट सामान ढुवानी गर्दा मुगुबाट सिमकोटसम्म प्रतिकेजी ८० देखि ९० रुपैयाँ लाग्ने व्यवसायीहरु बताउँछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top