×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ताप्लेजुङ विमानस्थल स्तरोन्नति चैतसम्म हुने

२१ कार्तिक २०७७

२१ कात्तिक, फुङ्लिङ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्तरोन्नतिको काम भइरहेको ताप्लेजुङ सुकेटार विमानस्थलको आज अवलोकन गरेका छन्।

Advertisement
Advertisement

सुकेटार विमानस्थलको प्रगतिको अवलोकन गर्दै पर्यटनमन्त्रीले स्तरोन्नतिको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे। प्रदेश नं १ को राजधानी विराटनगर विमानस्थललाई केन्द्र बनाएर प्रदेशका सबै जिल्लाका विमानस्थलमा नियमित उडान गर्ने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध निर्देशक राजनकुमार पोखरेलले बताए। अहिले ५५ वटा पहाडी क्षेत्रमा विमानस्थल निर्माण भइरहेको र ३२ विमानस्थल कालोपत्रे भइसकेको उनले जानकारी दिए।

ताप्लेजुङ सुकेटार विमानस्थलको सात सय मिटर क्षेत्रमा स्तरोन्नति भइरहेको र थप १५० मिटरमा धावनमार्गमा कालोपत्रे गर्न बाँकी रहेको जनाइएको छ । कालोपत्रे गर्ने कार्यमा तापक्रम मिलाउनुपर्ने भएकाले आगामी चैत मसान्तसम्म काम सम्पन्न गर्ने कार्ययोजना तयार भएको जनाइएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा सुकेटार विमानस्थल स्तरवृद्धिका लागि रु १६ करोड बजेट विनियोजन भएको थियो । फुङलिङ नगरपालिका वडा नं ६ मा पर्ने सो विमानस्थल स्तरवृद्धिका लागि बोलपत्र आह्वान गर्दा कृष्ण–बङ्गलामुखी जेभी कन्स्ट्रक्सनले रु आठ करोड ९९ लाख ५० हजार ३४९ मा ठेक्का पारेको थियो ।

Advertisement

आयोजनाका प्रमुख इञ्जिनीयर हरि अधिकारीका अनुसार अघिल्लो वर्षको असोजदेखि विमानस्थल स्तरवृद्धिको कार्य शुरु भएको हो ।रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top