पटकासहित ४ जना प्रहरी नियन्त्रणमा

२१ कात्तिक ७७, शनिबार

२२ कार्तिक, सुनसरी ।
सुनसरीको इटहरी उपमहानगरपालिका ८, पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा इनरुवा ९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर २ का २० वर्षीय दिनेश राम, इटहरी १३ का ३० वर्षीय रञ्‍जित सरदार र इटहरी १२ का ३२ वर्षीया शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । भारतीय बजारबाट अवैध रुपमा पटका ल्याइ इटहरीसहित जिल्लाका विभिन्‍न ठाउँको बजारमा बिक्री गरिरहेको भन्‍ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पटकासहित पक्राउ गरिएको कार्कीले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट प्रहरीले को.२२प ३००२ नम्बरको मोटरसाइकल, को.१ह ७२६० नम्बरको अटो ट्याम्पु, चारवटा बोराभित्र ५६ बन्डल नागिन लेखिएको पटका बरामद गरिएको प्रहरीले जनाएको छ । (रासस)

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top