×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

भारतीय सेनाध्यक्षको भ्रमण : सैनिक कूटनीतिदेखि पर्यटन प्रबद्र्धनसम्म

२२ कार्तिक २०७७

२२ कात्तिक, काठमाडौँ ।

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमण सैनिक कूटनीतिमा मात्र सीमित नरही धार्मिक, सांस्कृतिक, पर्यटकीय र स्वास्थ्य कूटनीति प्रबद्र्धनका हिसाबले निकै महत्वपूर्ण सावित भएको छ ।

Advertisement
Advertisement

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नेपालको तीनदिने औपचारिक भ्रमण गर्नुभएका सेनाध्यक्ष नरवणेले विभिन्न तहमा गर्नुभएको भेटघाट र भ्रमणले नेपाल–भारतबीचको सम्बन्ध सैनिक र राजनीतिक तहमा मात्र नभई सांस्कृतिक एवं धार्मिक तथा पर्यटकीय क्षेत्रसँग पनि उत्तिकै जोडिएको पक्षलाई उजागर गरेको छ ।

संसारमै बिरलै हुने खुला सिमाना तथा राहदानी र प्रवेशाज्ञाविना एक देशबाट अर्को देशमा सहजै आवतजावतको अभ्यास दुवै देशका नागरिकबाट हुनु दुई देशको घनिष्ठ सम्बन्धको महत्वपूर्ण पक्ष भएको शायदै विश्वलाई थाहा होला ।

काठमाडौँ अवतरण गरेको केही बेरमै सेनाध्यक्ष नरवणे वसन्तपुर र हनुमानढोका क्षेत्र पुगेर त्यहाँका प्राचीन सम्पदा र मन्दिरको अवलोकनका साथै जीवित देवी कुमारी र कालभैरव दर्शन पुगेका थिए ।

प्राज्ञ प्रा दिनेशराज पन्तले कोरोनाको महामारीबीचमा भारतीय सेनाध्यक्षले हनुमानढोका क्षेत्रको भ्रमण तथा पशुपतिनाथ र कुमारीको दर्शन गर्नु भनेको भारतीयहरुमा यस क्षेत्रप्रति कति आस्था र विश्वास रहेछ भन्ने स्पष्ट हुन्छ भने।

नेपाल–भारतका सेनाबीच एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको उपाधि प्रदान गर्ने परम्परानुरुप यहाँ आएका सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणबाट दुईदेशबीच राजनीतिक र कूटनीतिक तहमा देखिएको संवादहीनता छिट्टै अन्त्य हुने अपेक्षा गरिएको छ । कोभिड–१९ को जोखिमका कारण मन्दिर प्रवेशका लागि ढोका बन्द रहे पनि उहाँले विश्वका हिन्दू धर्मावलम्बीका आस्थाको केन्द्र पशुपति क्षेत्र पुगेर बाहिरबाटै दर्शन गरेका थिए ।

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डनले भने, “ढोका बन्द भएकाले उहाँले त्यहाँ पुगेर बाहिरबाटै भने पनि दर्शन गर्नु भनेको आराध्यदेव पशुपतिनाथप्रतिको ठूलो श्रद्धा सुमन र सम्मान हो । ”

भारतीय सेनाध्यक्षले पशुपतिनाथको दर्शन गरेबाट यस क्षेत्रको महत्व उजार भएको बताउँदै उनले भने, “बाहिरबाटै दर्शन गरेर पनि सेनाध्यक्षले आफूलाई अहोभाग्य सम्झनुभयो, यस क्षेत्रको महत्व कति रहेछ भन्ने विश्वलाई जानकारी गराउन हामीले अब ‘टेम्पल डिप्लोमेसी’को अवधारणा अघि बढाउनुपर्छ । यो सम्बन्ध सुधार गर्ने अर्को उचित बाटो पनि हुन्छ ।”

नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक नक्शामा समेटेपछि नेपालले त्यसको विरोध गर्दै समस्या समाधान गर्न निरन्तर वार्ता र संवादका लागि पहल गरिरहेकै अवस्थामा भएको सेनाध्यक्षको यस भ्रमणबाट सम्बन्ध सुधारतर्फ राम्रो शुरुआतको सङ्केत देखिएको विश्लेषण गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटमा मित्रवत् र बलियो सम्वन्ध कायम राख्न दुवै देशले निरन्तर मेहनत गर्नुपर्ने सन्देश लिएर उनी नयाँ दिल्ली फर्किएका छन् । मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न कोशिश गरिएकाले सम्बन्ध सुमधुर तुल्याउन र विवाद मत्थर गर्न योगदान पुग्ने विश्वास गरिएको छ ।

नेपाली सैनिक मुख्यालयले दुवै देशका सेनाबीच रहिआएको अत्यन्तै सुमधुर सम्बन्धको सङ्केत गर्न उपहारस्वरुप शान्तिका दूत गौतम बुद्धको ठूलो प्रतिमा सेनाध्यक्षलाई प्रदान गरेको थियो । भारतीय सेनाले पनि कोभिड–१९ को जोखिमको सामना गरिरहेका नेपाली जनताको स्वास्थ्योपचारको पाटोलाई हेक्का गर्दै घुम्ती अस्पताल सञ्चालन गर्न आवश्यक एम्बुलेन्स, भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री र उपकरण हस्तान्तरण गर्नाले शदिऔँदेखि दुई देशबीचको धार्मिक, सांस्कृतिक, सामाजिक र भाइचाराको गहिरो सम्बन्धलाई पुन प्रष्ट्याएको छ ।

दुई देशबीचमा कतिपय विषयमा रहेका समस्या संवादमार्फत नै समाधान हुने प्रधानमन्त्री केपी शर्मा ओलीबाट व्यक्त धारणाको सन्देश पनि लिएर उनी फर्किएका छन् । यसबाट नेपालले राजनीतिकस्तरको समस्या सुल्झाउन सकिने सन्देश पनि नेपाली जनताको अपेक्षानुरुप नै प्रवाह गर्न सफल भएको छ ।

नेपाल भ्रमणका क्रममा उनी सगरमाथा क्षेत्रको दृश्यावलोकन गर्ने क्रममा स्याङ्बोचेस्थित होटल एभरेष्ट भ्यू पुगेका थिए । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिड–१९ बाट उत्पन्न यस्तो विषम अवस्थामा उहाँको सगरमाथा क्षेत्रको भ्रमणले नेपालको पर्यटन प्रबद्र्धनमा ठूलो सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिए ।

उनले भने, “सेनाध्यक्ष नरवणेको भ्रमणको भारतीय सञ्चारमाध्यमले पनि राम्रोसँग समाचार कभर गरेको हुनाले भारतीयमा सगरमाथा क्षेत्र नजीकको पर्यटन गन्तव्य रहेछ भन्ने सन्देश गएको छ । यो हाम्रो देशको पर्यटन प्रवद्र्धनका लागि ठूलो विज्ञापन हो, ठूलो अवसर हो ।”

Advertisement

रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top