अफगानिस्तानमा अपहरित छजना विदेशी फेला परेनन्,खाेजी कार्य जारी

अफगानिस्तान, ३ जेठ ः अफगानिस्तानको उत्तरी बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा गएको आइतबार अपहरणमा परेका छ जना विदेशीलाई अझै मुक्त गरिएको छैन ।

शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले उनीहरूका चालकलाईसमेतलाइण् अपहरण गरी लगेको स्थानीय अधिकारीले बताएका थिए ।

अधिकारीहरुले ती नागरिकलाई सुरक्षाकर्मीले व्यापक रुपमा खोजी गरिरहेका र अहिलेसम्म पनि मुक्त गर्न नसकेको बताएका छन् ।

विद्युत कम्पनीको उप–केन्द्रमा कार्यरत ती विदेशी प्राविधिकको समूहलाई विहानै आएका सशस्त्र समूहले काम गर्न जाने क्रममा अपहरण गरेर अज्ञातस्थलतर्फ लगेका थिए ।

यहाँका प्रहरी प्रवक्ता जाबिहुल्लाह सिजाले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार उनीहरुलाई अपहरण गर्नेले पनि त्यसको जिम्मेवारी लिएको छैन र प्रहरीले मुक्त गर्न पनि सकिरहेको छैन । उनले प्रहरीले उनीहरुलाई खोजी गरिरहेको जानकारी दिएका छन्।

उनले अपहरणमा परेका विदेशी कुन देशका थिए भन्ने बिषयमा केही खुलाउन चाहेनन् । उनीहरूको राष्ट्रियताबारे नबताइकनै अधिकारीहरूले अपहरणमा तालिवान लडाकूको हात रहेको बताएका छन् ।

प्रहरी प्रवक्ता सिजाले भने, अपहरणमा तालिवान कमाण्डर मुल्लाह शाहेनको हात रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, तर यसको एकिन भने भएको छैन ।

अपहरित विदेशी सहित उनीहरूका चालकको सुरक्षित रिहाइका लागि सुरक्षाकर्मीले सम्वद्ध सवैपक्षसँग पहल गरिरहेको उनले बताए ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top