दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(उद्दार पनि नगर्ने ? )
विदेशमा अलपत्र नेपालीहरुको उद्दार उडान बन्द गर्न सिसीएमसीको सरकारलाई सिफारिस/पुनः उद्दार गरी ल्याउनुपर्ने भए नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने/ सीमानाका हुँदै नेपाल भित्रिन बैतडीको झुलाघाट नाका सुरु गर्ने निर्णय ।

२.(खोई नयाँ नक्सा ? )
संघीय सरकारले नयाँ नक्सा अनुसार भूउपभोगमा तदारुकता नदेखाएकै अवस्थामा प्रदेश सरकारले पनि नयाँ नक्सालाई बेवास्ता गरेको देखियो /प्रदेश १ को आन्तरिक मामिला मन्त्रालयको आधिकारिक वेबसाइटमा नेपालको पूरानै नक्सा यथावत ।

३.(फकाउने मेसो)
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव/फराकिलो सोच बनाएर नेतृत्व गर्न र पार्टीलाई एकतावद्ध बनाएर लैजाने कार्यक्रम प्रस्तुत गर्न प्रधानमन्त्री ओलीलाई नेता नेपालको आग्रह ।

४.(आजको तथ्यांक)
नेपालमा २४ घण्टामा थप २१ सहित हालसम्म १ हजार १ सय ८ संक्रमितको मृत्यु /आज मात्र थपिए २ हजार ८ सय १७ संक्रमित /२ हजार ८१२ जना डिस्चार्ज/सक्रिय संक्रमित ३५ हजार ४ सय १९ पुगे ।

५.(कोरोनाको प्रताडना)
कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता विश्वभर ४४ देशमा रहेका ४४ हजार १ सय १३ नेपालीहरुमा संक्रमण पुष्टि/हालसम्म ४० हजार ७ सय २८ जना डिस्चार्ज /१८ देशका २ सय ८५ जनाको मृत्यु ।

६.(जनताको खबरदारी)
पार्टी फुटका विषयमा बेलैमा सचेत हुन ताप्लेजुङका नागरिकहरुको सरकारलाई आग्रह /पार्टी फुटाउने नेतालाई गाउँमा आउन नदिइ खेद्ने चेतावनीसहित तीन नेतालाई सन्देश सुनाइदिन पर्यटनमन्त्री योगेश भट्टराईलाई आग्रह ।

७.(अझै अलमल)
कांग्रेस शीर्ष नेताहरू पार्टीभित्रको असमझदारी हटाउन निरन्तर छलफलमा /तीन समूहका दुई दर्जन नेता सहभागी अनौपचारिक बैठकले अझै सहमतिको बाटो पहिल्याउन सकेन/ मागको सुनुवाइ नभए बैठक चल्न नदिने पौडेल पक्षको अडान ।

८.(अर्थतन्त्रमा संकुचन)
कोभिड १९ संक्रमणका कारण गत आर्थिक वर्षको आर्थिक वृद्धिदरमा आएको संकुचन यस वर्षपनि देखिने निश्चित/बजेटको कार्यान्वयन सँगसँगै मौद्रिक नीतिको कार्यान्वयनको सन्दर्भमा जोड दिनुपर्ने आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठको भनाई ।

९.(अख्तियारको अपरेसन)
एक वर्षमा अख्तियारद्वारा ३० वटा स्टिङ अपरेसन /घुस माग गर्ने निजामती कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षकलगायत विभिन्न कार्यालयका गरी ४८ कर्मचारी पक्राउ ।

१०.(पैसा नदिए आन्दोलन)
उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने उखु किसानहरुको घोषणा/बन्द भएका उद्योगको जायजेथा बेचेर भएपनि रकम दिलाउने भन्दै आन्दोलन नगर्न उद्योगमन्त्री लेखराज भट्टको आग्रह ।

११.(कहाँ गए बमजन ?)
तपस्वीको भेषमा अनुयायीमाथि बलात्कार, हत्या, बेपत्ताको आरोप लागेका रामबहादुर बमजनविरूद्ध अदालती वारेण्ट जारी भएको चार महिना पुगेपनि बमजन अझै फरार /३५ दिने वारेन्ट आएपनि बमजन फेला नपरेपछि अब घरमा म्याद टाँस गर्ने निजगढ प्रहरीको भनाई ।

१२.(भारतको दादागिरी ?)
कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा हतियारसहित अनुमति बिना नेपाल प्रवेश गरेको भन्दै भारतीय सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीलाई स्थानीय वासिन्दाले फर्काए /सुरक्षाबलका जवान नेपाल पस्नुको कारण सामान्य रहेको प्रमुख जिल्ला अधिकारीको प्रतिक्रिया ।

१३.(फेवामा पर्यटक)
सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल बढ्यो /नेपालमा कोरोनाको प्रभाव कम भएको सन्देश विश्वभर दिन सकेमा बाह्य पर्यटकहरुको आगमन बढ्ने डुंगा व्यवसायीहरुको भनाई ।

१४.(बाइडेनको उदय)
डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित /५३८ इलेक्ट्रोरल कलेजका प्रतिनिधिहरुले मतदान गरेपछि बाइडेन राष्ट्रपति बनेको औपचारिक घोषणा अमेरिकी संसदबाट हुने /बाइडेनले जनवरी २० मा राष्ट्रपति पदको शपथ लिने ।

र,

१५.(विश्वमा आज)
कोरोना संक्रमणबाट हालसम्म विश्वमा १२ लाख ५७ हजार बढीको मृत्यु /कुल संक्रमितको संख्या ५ करोड नाघ्यो /३ करोड ५६ लाख बढी संक्रमण मुक्त ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top