×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

मलेसियामा कामदार लैजाने योजना अनिश्‍चित

२४ कार्तिक २०७७

काठमाडौँ : नेपालीको श्रम गन्तव्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित बनेको छ । कोभिड–१९ महामारी नियन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने योजना बनाइएको थियो ।

‘नयाँ श्रमिक ल्याउन मागपत्र प्रमाणीकरण गर्ने सोचमा थियौं । यहाँ फेरि संक्रमण फैलिन थाल्यो । अब नयाँ श्रमिक ल्याउने अवस्था छैन । सम्भवतः भ्याक्सिन नआएसम्म नयाँ श्रमिक आउन सक्दैनन्,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने ।

Advertisement
Advertisement

मलेसियाले जुन पहिलो सातादेखि सेप्टेम्बर पहिलो सातासम्म कोभिडलाई नियन्त्रणमा राखेको थियो । त्यसपछि भने दिनहुँ संक्रमण बढिरहेको छ । शनिबार १ हजार १ सय ६८ जनालाई संक्रमण देखिएको थियो । नयाँ श्रमिक ल्याउने अवस्था नभएपछि रोजगारदाता कम्पनीहरूले करार अवधि समाप्त भएका नेपाली श्रमिकलाई घर आउनसमेत दिएका छैनन् । रोजगारदाताले अवधि सकिएका श्रमिकलाई फकाएर करार नवीकरणका लागि आग्रह गर्न थालेको पाण्डेले बताए ।

Advertisement
Advertisement

मलेसियाले श्रमशक्तिको संकटलाई समाधान गर्न आन्तरिक बजारबाटै विदेशी श्रमिक आपूर्ति गर्न पाइने गरी सहजीकरण गर्न थालेको छ । यसअघि अन्य रोजगारदाता कम्पनीमा काम गर्ने श्रमिकलाई आपूर्ति गर्न निकै कठिन थियो । यसले रोजगारी गुमाएर मलेसियामै काम गर्न इच्छुक नेपालीसहित विदेशी श्रमिकले मलेसिया छाड्नुपर्ने छैन ।, याे खबर कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top