सरकारले हटायाे पुस्तकमा लगाइएको कर

२५ कात्तिक, काठमाडाैँ ।

गत आर्थिक वर्षदेखि जुनसुकै पुस्तक आयातमा १० प्रतिशतका दरले लगाइएको भन्सार महसुल हटाइएको छ । साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले साे निर्णय गरेकाे हाे ।

एक मन्त्रीका अनुसार अब जुनसुकै पुस्तक आयात गर्दा भन्सार महसुल नलिने निर्णय भएको छ । गत आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका पुस्तक आयात गर्दा अधिकतम खुद्रा मूल्य (एमआरपी) मा १० प्रतिशतका दरले भन्सार महसुल लाग्ने व्यवस्था गरेका थिए । अघिल्लो वर्षसम्म नेपाली प्रकाशकले विदेशमा छपाइ गरी यहाँ ल्याउँदा छपाइ मूल्यमा १५ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था थियो । अन्य पुस्तक आयात गर्दा भन्सार नै लाग्दैन थियो । गत वर्षबाट एमआरपीमै १० प्रतिशतका दरले भन्सार महसुल लगाइदिएपछि पुस्तक आयात घटेको छ ।

Advertisement

नेपाली प्रकाशकले विदेशमा लगेर पुस्तक छाप्ने, छपाइ मूल्यलाई न्यून मूल्यांकन गरेर १५ प्रतिशत भन्सार महसुलसमेत छली गरिरहेका दाबी गर्दै सबै पुस्तक एमआरपीमा १० प्रतिशत भन्सार लगाउने निर्णय गरिएको खतिवडाले बताएका थिए । तर उनको निर्णयमा चौतर्फी आलोचना भएको थियो । तर उनले यस आर्थिक वर्षको बजेटमा समेत पुनरावलोकन गरेका थिएनन् ।

तर अर्थमन्त्रीमा बिष्णु प्रसाद खतिवडा आएसँगै उनले पुस्तकमा लगाइँदै आएको कर हटाउने प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेकाे हाे ।

Advertisement

खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएलगत्तै विद्युतीय सवारीमा विभिन्न दरमा लगाइएको अन्तःशुल्कमा छुट दिने निर्णयसमेत भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top