२७ कार्तिक , काठमाण्डौ ।
अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बिहीबार भएको गोलीकाण्डमा आक्रमणकारीसहित दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ ।

बीबीसीका अनुसार वासिङ्टन डिसीका प्रहरी प्रवक्ताले घटनामा गोली चलाउने व्यक्तिसमेत दुईजनाको मृत्यु भएको पुष्टि गरे ।
घटनालगत्तै आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले आक्रमणकारीले आफैँलाई गोली हानेको हुन सक्ने बताए ।
प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहीबार बिहान करिब ८ बजे गोली चलेको सूचना प्राप्त भएको थियो।
अमेरिकी समाचार एजेन्सी एपीका अनुसार आक्रमणकारीले सुरुमा फिटनेस सेन्टरभित्र एक व्यक्तिमाथि गोली चलाएका थिए।
त्यसपछि बाहिर निस्किएर पार्किङ ग्यारेजमा समेत गोली चलाएका थिए।
घटना ह्वाइट हाउसबाट करिब १.६ किलोमिटर टाढा भएको र गोली चलेपछि त्यस क्षेत्रमा भागदौड मच्चिएको उल्लेख ।
गोली चलाउनुको कारण अझै नखुलेपनि अपार्टमेन्ट भवनको घरधनी संघसँगको विवादका कारण घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान ।



