रास्वपाको उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै

२७ कात्तिक २०८३, शुक्रबार
Share this
726shares

२७ कार्तिक , काठमाण्डौ ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय १९ सदस्यीय प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा यही कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जान लागेको हो ।

Advertisement

भ्रमणका क्रममा दुई पार्टीबीच राजनीतिक संवाद, आपसी अनुभव आदानप्रदान तथा विकास सहकार्यका विषयमा छलफल हुने ।

प्रतिनिधिमण्डलले सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वका विषयमा चिनियाँ पक्षसँग अनुभव साटासाट गर्ने ।

महामन्त्री आचार्यको नेतृत्वमा जाने टोलीमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल रहने ।

यस्तै सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा पनि चीन जाने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top