मदिरासहित भोजपछि मन्त्री महावीर पुनको स्पष्टीकरण

२७ कात्तिक २०८३, शुक्रबार
Share this
737shares

२७ कार्तिक , काठमाण्डौ ।

Advertisement

तिहारको समयमा मन्त्रालयमै मदिरासहित भोज गरेको आरोप लागेपछि मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत दिए स्पष्टीकरण ।

उक्त भोज मन्त्रालयमा नभई मामाको बैठक कोठामा साथीहरूसँगको सामान्य भेटघाटका लागि आयोजना गरिएको दाबी ।

Advertisement

पुनका अनुसार भोजका लागि उनले तीन किलो बंगुरको मासु, दुई किलो कुखुराको मासु तथा सागसब्जी किन्न मात्रै खर्च गरेका थिए ।

भोजका परिकार साथीहरू चित्र र लुकेशले पकाएका थिए भने ह्विस्की, वाइन, कोदोको रक्सी र बियर पनि साथीहरूले नै ल्याएका थिए ।

भोजको विषयलाई लिएर आलोचना भएपछि उक्त भोज आफ्नो जीवनकै अन्तिम भोज भएको मन्त्री पुनको भनाइ ।पत्रकारहरूले आफूले देश नै बिगारेजस्तो गरी आलोचना गरेको भन्दै असन्तुष्टि व्यक्त ।

फेसबुकमा उनले आफूले कुनै कुरा नढाँटेको दाबी गर्दै पत्रकारहरूसँग माफीसमेत मागे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top