२६ कार्तिक, एजेन्सी ।
जोन होपकिन्स युनिभर्सिटीका अनुसार अमेरिकामा लगातार सातौं दिन एक लाखभन्दा बढी संक्रमित भेटिएका छन् ।
अमेरिकामा हालसम्म एक करोड बढी संक्रमित भेटिइसकेका छन् । अमेरिकामा गत वर्ष नोभेम्बरमा पहिलो संक्रमित भेटिएका थिए । त्यसपछि स्थिती दिन प्रतिदिन खतरनाक बन्दै गयो । राष्ट्रपति चुनावमा पनि यही मुद्दा बनेको थियो ।
सरकारको सबैभन्दा ठूलो समस्या भनेको अस्पतालमा भर्ना भएका गम्भीर बिरामीको संख्या तीब्र रुपमा बढ्नु हो । मंगलबार मे महिनापछि सबैभन्दा बढी बिरामी अस्पतालमा भर्ना भए । न्यूज एजेन्सीको रिपोर्ट अनुसार कूल ६२ हजार ९ सय ६४ बिरामी मंगलबार अस्पताल भर्ना भए ।
दुई हप्तामा ३२ प्रतिशत बिरामी बढे । युरोपेली देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ । मंगलबार यो आँकडा तीन लाख पार भयो । फ्रान्स, जर्मनी, बेल्जियम र इटलीमा पनि संक्रमण कम भइरहेको छैन ।
फ्रान्समा १२ दिनपछि बिरामी कम त भएका छन् तर अस्पतालमा गम्भीर बिरामीको संख्या बढेको छ । यहाँको सरकार भ्याक्सिनको प्रतिक्षा गरिरहेको छ तर यो प्रतिक्षा बढ्दो छ । युरोपमा विश्वको कूल जनसंख्याको १० प्रतिशत हिस्सा छ ।
यहाँ उत्कृष्ट अस्पताल छन् तर थुप्र बिरामीको स्थिती गम्भीर छ । लकडाउन र सामाजिक दुरीको पालना पनि यहाँ खासै गरिएको छैन ।
