आफूले रेकर्ड गरेको आवाज गोकुल बाँस्कोटाकै भएको मिश्रको दाबी

२५ कात्तिक ७७, बुधबार

२६ कार्तिक, काठमाडौं ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा जोडिएका विजय मिश्रले आफूले रेकर्ड गरेको आवाज तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाकै भएको दाबी गरेका छन् ।

जिल्ला अदालत काठमाडौंमा बुझाएको प्रतिउत्तरपत्रमा बाँस्कोटाले आफूसँग भएको कुराकानी भएको तथ्यलाई स्विकार नै गरेको दाबी गरेका छन् ।  “विपक्षी वादीले मसँग भेट भइ कुराकानी भएको तथ्यलाई स्वीकार नै गरेको छ ।

अडियो टेपमा भएको आवाज आफ्नै रहे भएको तथ्यलाई पनि विपक्षीले स्वीकार नै गरेको छ,” मिश्रको जिकिर छ । बाँस्कोटाले विद्युतीय तथा आम सञ्चारका माध्यमहरुबाट झुठा लाञ्छना लगाइ गाली बेइज्जती गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मिश्रविरूद्द रिट दायर गरेका थिए ।

“मैले फरक परिस्थिति र विभिन्न सन्दर्भमा बोलेका कुरालाई आधुनिक प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गर्ने उद्देश्यले मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता, ख्यातीलाई होच्याउने गरी चरित्रहत्या गर्ने बदनियतले विद्युतीय तथा सार्वजनिक सञ्चार माध्यममा प्रशारण गरेका,” बाँस्कोटाको रिटमा उल्लेख छ ।

तर, मिश्रले बाँस्कोटाले त्यस्तो फरक सन्दर्भ के को हुन् देखाउन नसकेको जवाफमा लेखेका छन् । बाँस्कोटाले मिश्रसँग गरेको संवादको अडियो टेप सार्वजनिक भएको थियो । उक्त अडियोमा सेक्युरिटी प्रिन्टिङ खरिदमा ७० करोड कमिसन बाँस्कोटाले मागेका थिए ।

विभिन्न समय र सन्दर्भमा बोलेका कुराहरुलाई जोडी बनाएको अडियोमा सिलसिला र क्रमबद्धता मिलेको हुँदैन्, निजले बोलेको अडियो टेपमा क्रमबद्धता र निरन्तरता भएकोले विपक्षीवादीको फिराद दावी स्वतः झुठा रहेको पुष्टि हुने मिश्रको दाबी छ ।

बाँस्कोटाले मिश्रविरुद्ध रिट दायर गरेपछि अदालतले २१ दिने प्रत्युत्तर म्याद जारी गरेको थियो । सो म्याद कात्तिक १८ गते बुझी मिश्रले प्रत्युत्तर अदालतमा पेश गरेका हुन् । ०७६ फागुन ७ गते बाँस्कोटा र मिश्रबीचको गोप्य संवादको अडियो टेप सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भएपछि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले ७० करोडको डिल गरेको तथ्य बाहिर आएको थियो ।

बाँस्कोटाले अडियो टेपमा उल्लेख भएका कुराहरुमध्ये कुन शब्द र वाक्यांश कुन सन्दर्भ र समयमा बोलेको हो भिन्न समयमा बोलेका शब्द र वाक्यांशलाई कसरी जोडिएको हो विपक्षी वादीले आफ्नो फिरादपत्रमा स्पष्ट र तथ्यगत रुपमा उल्लेख गर्न नसकेबाट र फरक सन्दर्भको गोश्वारा नामाकरणबाट विपक्षीको गलत कार्य सही सलामत कार्यमा परिणत हुन नसक्ने भएकाले पनि बाँस्कोटाको दाबी झुठा रहे भएको स्वतः पुष्टि हुनेभन्दै उनको रिट निवेदन खारेज हुनुपर्ने प्रत्युत्तर पत्रमा जिकिर गरिएको छ ।

त्यस्तै, मिश्रले आफूले बाँस्कोटाले आफूले बद्नियत राखेर उनीसँगको कुराकानी रेकर्ड नगरेको पनि खुलाएका छन् । आफ्नो मोबाइलमा रेकर्ड अन भएको अवस्थामा अचानक तत्कालीन मन्त्री रहेका बाँस्कोटाको कार्यकक्षमा प्रवेश गर्दा रेकर्ड हुन पुगेको उनको प्रष्टिकरण छ ।

“राज्यलाई अपुरणीय क्षति पुग्ने गरि वादीबाट काम हुन थालेपछि एक सचेत नेपाली नागरिकको हैसियतले मैले उक्त रेकर्ड सार्वजनिक गरेको हुँ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्बन्धित मन्त्रालयभित्र त्यस्ता कुरा गर्न मिल्छ मिल्दैन त्यो नेपाल कानूनमा व्यवस्था भएअनुसार कारबाही दायरामा आउनुपर्छ पर्दैन साथै यस अडियोबाट भ्रष्टाचार गर्ने नियत उजागर भएको र यस अडियो–भिडियो रेकर्डलाई सुरक्षण मुद्रण परियोजनामा भ्रष्टचार हुँदै छ भन्ने आम जनतालाई जानकारी दिने मनसायले जे भएको हो त्यो सार्वजनिक गराइएको हो,” उनको जवाफ छ ।

मिश्रले भ्रष्टाचारको सूचना दिने व्यक्तिलाई पुरस्कार समेत प्रदान गर्ने व्यवस्था नेपाल कानूनमा भएको तर, आफूलाई झुठा मुद्दा लगाएर फसाउने नियत राखेर मुद्दा दर्ता भएको भन्दै आफुलाई सफाई दिन पनि माग गरेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top