फिफा विश्वकप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेल मार्च र जुनमा हुने

२६ कात्तिक ७७, बिहीबार

२७ कात्तिक, काठमाडौं ।

Advertisement

फिफा विश्वकप एशिया छनोटको खेल तालिका सार्वजनिक भएको छ । एसियन फूटबल कन्फेडेरेसन एएफसीको भर्चुअल बैठकले कतारमा हुने फिफा विश्वकप छनोटका खेल सक्ने तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेल २ हजार २१ को जुन महिनाभित्र सकिने भएका छन् ।

Advertisement

कोरोना भाइरसको महामारीको कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय छनोट खेलहरु स्थगित गरिएको थियो । एशियन छनोटको दोस्रो चरणका खेल मार्च महिनादेखि शुरु भएर जुन १५ मा सकिनेछन् ।

जसमा सातौ र आठौं खेल मार्चमा हुनेछन भने नवौं र १०औं खेल जुनमा हुनेछन । फाइनल चरणको खेल सेप्टेम्बरमा हुनेछन ।

Advertisement

अब नेपालले खेल्ने दोस्रो चरणका खेल मार्च र जुन महिनामा हुने छन् । नेपालले विश्वकप छनोटका दोस्रो चरणका खेल घरेलु मैदानमा खेल्नुपर्नेछ । जसमा चाइनीज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ ।

छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशको ढाकामा छ। नेपालले बंगलादेशसँग भोलि र मंसिर २ गते मैत्रीपूर्ण खेल खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top