कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयकाे पत्राचार

२७ कात्तिक, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पतालहरुलाई पत्राचार गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र (एचईओसी) ले बिहीबार प्रयोगशाला र अस्पतालहरुलाई पत्र पठाएर सरकारी प्रयोगशालामा कोरोना परीक्षण र अस्पतालमा उपचार निःशुल्क गर्ने सरकारकाे निर्णय जानकारी गराएको हो ।

Advertisement

कात्तिक २४ गतेको मन्त्रिपरिषदको बैठकले साे निर्णय गरेकाे थियाे। अब सरकारी प्रयोगशालामा कोरोना संक्रमणको लक्षण वा चिह्न भएकाहरुको परीक्षण निःशुल्क हुनेछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार ओपीडीमा चिकित्सक वा स्वास्थ्यकर्मीले जाँच गर्दा ज्वरो १०० डिग्री फरेनहाइट वा सो भन्दा बढी तथा कोभिडका अन्य लक्षण भएकाहरुको निःशुल्क पीसीआर परीक्षण हुनेछ ।

Advertisement

यस्तै कोरोना संक्रमणको लक्षण भएका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ । मन्त्रालयले कोरोना परीक्षण र उपचार सेवा लिने व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा सबै परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गर्न पनि भनेकाे छ । सक्षम, इच्छुक र योगदान गर्न चाहनेहरुले परीक्षण र उपचारमा योगदान गर्न पनि सक्ने तर यो ऐच्छिक हुने मन्त्रालयले जनाएकाे छ ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top