चूडामणि शर्मा भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो अख्तियारको जवाफ

२७ कात्तिक ७७, शुक्रबार

काठमाडाैँ: विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट भएका आदेशको प्रतिलिपी माग गरेको छ ।

Advertisement

विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरु बालेन्द्र रुपाखेती र नित्यानन्द पाण्डेयको इजलासले शर्माको अभियोगको अनुसन्धान कहाँ पुग्यो भनी अख्तियारको जवाफ समेत मागेको छ ।

अदालतले २०७६ फागुनमा निजामती किताबखानाबाट शर्माको सम्पत्ति विवरण झिकाउने आदेश दिएको थियो ।

Advertisement

तीन वर्षअघि अख्तियारले शर्माविरुद्ध दुई वटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यस मुद्दामा उनी एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।, नागरिक दैनिकमा विस्तृतमा खबर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top