२८ कार्तिक, सुर्खेत ।
कर्णालीका विभिन्न जिल्लामा कोरोनाका सक्रिय संक्रमितहरु अधिकांश होम आइसोलेसनमा बसेका छन् ।
कोरोनाका लक्षण नदेखिएका र सामान्य लक्षण भएका होम आइसोलेसनमा बसेका हुन् । कर्णालीमा ५ सय ५९ जना कोरोना सक्रिय संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा बसेका कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशको सबैभन्दा बढी ३ सय ७१ जना कोरोना सक्रिय संक्रमित रहेको सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाको होम २ सय ६९ जना रहेका छन् । सल्यान जिल्लामा रहेका कोरोना सक्रिय १४ जनामध्ये सबैजना होमआइसोलेसनमा बसेका छन् ।
उनीहरुमध्ये शारदा नगरपालिकको होमआइसोलेसनमा ९ जना, बागाचौर होम आइसोलेसनमा १ जना, कुमाख गाउँपालिकाको होम आइसोलेसनमा १ जना र कालीमाटी नगरपालिकाको आइसोलेसनमा ३ जना बसेका छन् ।
रुकुमपश्चिममा कोरोना सक्रिय संक्रमित रहेका १८ जनामध्ये ८ जना होम आइसोलेसनमा बसेका छन् । त्यसमध्ये चौरजहारी नगरपालिकाको होम आइसोलेसनमा ३ जना, आठबीसकोट नगरपालिकाको होम आइसोलेसनमा २ जना, मुसिकोट नगरपालिकाको होम आइसोलेसनमा १ जना र सानीभेरी नगरपालिकाको होसआइसोलेसनमा १ जना रहेका छन् ।
त्यस्तै, जुम्लामा ४६ जना कोरोनाका सक्रिय बिरामी रहेको त्यसमध्ये ३३ जना होम आइसोलेसनमा बसेका छन् । जसमध्ये तातोपानी गाउँपालिकाको होम आइसोलेसनमा ५ जना, चन्दननाथ नगरपालिकाको होम आइसोलेसनमा २८ जना रहेका छन् ।
मुगुमा कोरोनाका ११ जना सक्रिय संक्रमित रहेकोमध्ये सबैजना होम आइसोलेसनमा बसेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाका थप ३८ जना थपिएका छन् ।
प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८ जनाको कोरोना संक्रमणको पुष्टि भए भएको हो । कर्णालीमा २४ घण्टाको बिचमा सुर्खेतका २४ जना, हुम्लाका ४ जना, जाजरकोट, दैलेख, सल्यानका १-१ जना र रुकुमपश्चिमको २ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख बृषबहादुर शाहीले बताए ।
कर्णालीमा योसँगै कोरोना संक्रमित हुनेको संख्या ६ हजार ३ सय ४६ पुगेको छ । कर्णालीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर ५५ जना डिस्चार्ज भएको महाशाखा प्रमुख शाहीले बताए ।
‘सुर्खेतबाट ५२ जना, दैलेखबाट २ जना र कालीकोटबाट १ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन्,’ उनले भने, ‘योसँगै कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या ५ हजार ७ सय पुगेको छ ।’