×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

कुकुरलाई हरेक दिन मिष्ठान भोजन दिने युवा समूह

२९ कार्तिक २०७७

२९ कात्तिक, काठमाडौं । आज कुकुर तिहार । आज सबै नेपालीका घर आगनमा कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खुवाउने गरिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाएमा पाप लाग्ने भनाई पनि छ । अन्य समयमा कुकुरलाई देख्न नक्सनेहरु पनि धार्मिक आस्था र विश्वासका नाममा कुकुरको पूजा गर्न पुग्दछन । तर काठमाडौंमा एउटा यस्तो जोडी पनि छ जसले कुकुरलाई भोकै बस्न दिएको छैन ।यो जोडीले एक दुई कुकुर मात्रै होइन अनि एक दिन दुई दिन मात्रै पनि होइन दैनिक रुपमा उपत्यकाका विभिन्न ठाउँमा पुगेर सडकमा बस्ने कुकुरहरुलाई खाना खुवाउने काम गर्दै आएको छ । त्यो पनि आफ्नै खर्चमा ।

कुकुर आज्ञाकारी, रक्षक र गुनिलो जनावर हो । भैरवको बहान समेत रहेको कुकुरले कुनैपनि अपराधीहरुलाई सुँघेर पत्ता लगाउने काम गर्दछ । त्यस्तै विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुनु पूर्व कुकुरले सुँघेर वा दायाँ बायाँ कराएर पूर्व सूचना समेत दिने गर्छ । त्यसैले प्रत्येक वर्षको कृष्ण चतुर्दशीको दिन कुकुरको विशेष पूजा गर्ने गरिन्छ । यस दिन कुकुरलाई पूजा गरी विशेष प्रकारका खानेकुरा खान दिने चलन पनि छ । यस दिन आफ्नो घरमा पालिएका कुकुर बाहेक सडकमा बस्ने कुकुरहरुको समेत पूजा गरिन्छ । मिठोमिठो खानेकुरा खुवाइन्छ । अन्य दिनमा भने सडक कुकुरका लागि मानिसहरुले खासै महत्व दिदैनन् । तर काठमाडौंमा एउटा यस्तो समूह छ जसले दैनिक रुपमा उपत्यकाका विभिन्न ठाउँमा पुगेर कुकुरहरुलाई खाना खुवाउने काम गर्छन् । सौरभ रिमाल लगायतको समूहले दैनिक रुपमा कुकुरलाई खाना तयार गर्ने र विभिन्न ठाउँमा पुगेर खाना खुवाउने काम गर्छन । काठमाडौंको टेकु स्थित फोहोरमैला व्यवस्थापन गर्ने क्षेत्र, गोंगबु स्थित नयाँ बसपार्क, भृकुटी मण्डप, किर्तीपुरको त्रिभुवन विश्वविद्यालय क्षेत्र र ललितपुरको बटुक भैरव आसपासका क्षेत्रमा पुगेर उनीहरुले कुकुरलाई खाना खुवाउँदै आएका छन् । भोकका कारण सडक कुकुरहरुलाई मर्ने अवस्थामा देखेपछि रातोपुल स्थित डल्ले रेस्टुरेन्टमा खाना पकाई विभिन्न ठाउँमा पुर्याएर खाना खुवाउने काम दैनिक रुपमा गरिरहेको सौरभ रिमालले बताए ।  शनिबार काठमाडौंको टेकु क्षेत्रमा पुग्दा उनीहरुले कुकुरलाई खाना खुवाउँदै गरेको भेटियो । लकडाउन सुरुभएसँगै सडकमा रहेका कुकुरहरुलाई खाना खुवाउँदै आएको सौरभ रिमालले बताउनुभयो । आजको दिन मात्र नभई सडकमा रहेका कुकुरहरुलाई आगामी दिनमा समेत खाना खुवाउने कामलाई निरन्तरता दिने योजना रहेको पनि रिमालले बताए । कुकुर तिहारमा मात्र नभएर अन्य दिनमा पनि आफ्नो घरबाहिर रहेका कुकुरहरुलाई खाना खुवाउने बानि बसाल्न रिमालको आग्रह छ ।

अन्य ठाउँबाट सहयोग जुटाएर भन्दापनि आफ्नै खर्चमा खाना खुवाउदै आएको रिमालले बताए । केही साथीभाइले कहिलेकाही सहयोग गरेपनि अधिकांश दिन आफ्नै खर्चमा खाना तयार गर्ने गरेको उनले बताए । रातोपुल स्थित डल्ले रेस्टुरेन्टमा खाना तयार गरी विभिन्न ठाउँमा पुर्याएर सडक कुकुरलाई खाना खुवाउने काम उनीहरुका लागि दैनिकी बनेको छ ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top