बङ्गाली सिनेमा अभिनेता चटर्जीको निधन

एजेसी । बङ्गाली सिनेमाका चर्चित अभिनेता सौमित्र चटर्जीको आइतबार निधन भएको छ ।

उनको ८५ वर्षको उमेरमा आइतबार कोलकाताको बेले भ्यु क्लिनिकमा निधन भएको हो । उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ६ अक्टोबरमा उनलाई अस्पताल भर्ना गरिएको थियो, उनको स्वास्थ्य पहिलेभन्दा केही सुधार देखिएको थियो र कोरोना रिपोर्ट पनि नेगेटिभ आएको थियो । तर उनको शरीरमा समस्या बढ्दै जाँदा अक्टोबर अन्त्यतिर भेन्टिलेटरमा राखिएको थियो । सौमित्र चटर्जीले तीन सयभन्दा धेरै फिल्ममा काम गरेका छन् । उनले चर्चित निर्देशक सत्यजीत रायको फिल्म अपूर संसारबाट आफ्नो फिल्मी करिअर सुरु गरेका थिए । त्यसपछि उनले जोए बाबा फेलूनाथमा फेलूदाको भूमिका निभाएका थिए । कैयौँ पटक आफ्नो अभिनयको लागि नेशनल अवार्ड पाइसकेका सौमित्र चटर्जीलाई सन् २०१२ मा दादा साहेब फाल्के अवार्ड पनि प्रदान गरिएको थियो । सन् २००४ मा उनले भारतको तेस्रो सर्वाेच्च नागरिक सम्मान पद्म भूषणबाट सम्मानित गरियो । उनलाई फ्रान्सको सर्वाेच्च नागरिक सम्मान लिजन अफ अनर बाट पनि सम्मानित गरिएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top