३० कात्तिक, विराटनगर । सडक दुर्घटनामा परि गम्भिर घाइते भएका आरोहण गुरुकुल विराटनगरका कलाकार भरत कार्कीका लागि आर्थिक सहयोग आह्वान गरिएको छ ।
गत शुक्रबारसाँझ विराटनगरको बरगाछीमा दुर्घटनामा परि घाइते भएका कार्कीको अहिले विराटनगरस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उपचार खर्चका लागि रकम जोहो गर्न संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गर्न परिवारले अपिल गरेका छन् । सहयोगका लागि एनआइसी एसिया बैंकमा शम्भु नेपालको नाममा रहेको खाता नम्बर एल ४०२००२७७३४५२४०१ मा रकम जम्मा गर्न सकिने बताइएको छ । यस्तै ई–सेवा मार्फत ९८४९५३२७४५ मा सहयोग रकम पठाउन सकिने छ । त्यसै गरि देश बाहिर हुनु भएकाहरुले https://www.gofundme.com/f/krishna-karki? यो लिकंमा गएर सहयोग गर्न सकिन्छ ।