हङकङमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी, सात नेपालीको मृत्यु

१ मंसिर, एजेन्सी । हङकङको याउमातेइमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सात जना नेपालीको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेहरुमा एक बालकसहित चार पुरुष र तीन महिला रहेको बताइएको छ । तर मृतकहरू दक्षिण एसियाली मुलका नागरिक रहेको प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

हङकङको समय अनुसार गएराति ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो ।

Advertisement

घाइतेमध्ये १० वर्षीय बालकसहित सात जनाको उपचारका क्रममा मृत्यु भएको हो । आगलागीमा १७ जना घाइते भएको र तीमध्ये धेरै नेपाली मुलका नागरिक रहेको जनाएको छ ।

Advertisement

हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा ठूलो आगलागी भएको प्रहरीले जनाएको छ । बर्थ डे पार्टी भइरहेको बेला आगलागी भएको बताइएको छ ।

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले याउमातेइमा आगलागीको घटनाबाट दुखी भएको भन्दै घाइतेको उपचार र घटनाको कारण पत्ता लगाउन निर्देशन दिएकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top