गाँजासहित युवक पक्राउ

३० कात्तिक ७७, सोमबार

१ मंसिर, बाग्लुङ । बाग्लुङ जिल्लाको निसीखोलाबाट प्रहरीले ठूलो परिमाणको लागुपदार्थसहित एक युवकलाई पक्राउ गरेको छ ।

Advertisement

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ लुर्पावाङबाट घर नजिकै लुकाई राखेको १ सय ५० केजी गाँजासहित ३४ वर्षीय टेकबहादुर घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लुकाई छिपाई गाँजा राखेको भन्ने सूचनाको आधारमा शुक्रबार प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा परिचालन भएको प्रहरीले शनिबार बिहान चार बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । भर्तीलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ गरिएका घर्तीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याउदै गरेको प्रहरी नायव उपरीक्षक रेग्मीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top