सुदूरपश्चिमका सामाजिक विकासमन्त्रीलाई कोरोना पुष्टि

२ मंसिर ७७, मंगलबार
Share this
767shares

२ मंसिर, कैलाली ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण भएको छ। कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनमा संक्रमण पुष्टि भएको हो।

Advertisement

मन्त्री सुबेदी अहिले होम आइसोलेसनमा बसेका छन्। उनले सामान्य ज्वरो र खोकी लागे पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

मन्त्री सुबेदीले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षणका लागि दिएर आइसोलेसनमा बस्न पनि आग्रह गरेका छन्।

Advertisement

मन्त्रीलाई कोरोना संक्रमण हुनु अघि उनको सचिवालयका एक जना स्वकिय सचिव, एक जना निजी स्वकीय सचिव, २ जना पिएसओ र एक जना चालकलाई कोरोना पुष्टि भएको थियो।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहलाई यसअघि कोरोना सङ्क्रमण भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top