रुसी राष्ट्रपति पुटिन र उनका परिवारलाई जीवनभर कुनै मुद्दा चलाउन नपाइने

२ मंसिर ७७, बुधबार

३ मंसिर, एजेन्सी ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनका परिवारविरुद्ध कहिले कुनै मुद्दा चलाउन नपाइने भएको छ।

त्यहाँको संसद्को तल्लो सदन डुमाले एउटा त्यस्तो विधेयक गरेको हो, जसका कारण पुटिन पदबाट हटेपछि पनि उनी र उनको परिवारका कसैलाई कुनै किसिमको आपराधिक मुद्दा चलाउन नमिल्ने भएको हो।

यसअघि गत जुलाईमा संवैधानिक संशोधनका लागि जनमतसंग्रह गरिएको थियो, अहिले तल्लो सदनले पारित गरेको विधेयक त्यसैको एक अंश हो।

Advertisement

रुसका दुवै सदनमा राष्ट्रपति पुटिनको बहुमत छ। उनको कार्यकाल सन् २०२४ मा सकिँदै छ। तर अहिले गरिएको संवैधानिक संशोधनअनुसार सन् २०२४ पछि पनि उनी दोस्रो कार्यकाल अर्थात् १२ वर्षसम्म पदमै रहन सक्नेछन्।

पुटिनलाई यस्तो संरक्षण दिने विधेयक पास भएपछि उनको राजनीतिक भविष्यमाबारे पुनः चर्चा सुरु भएको छ। पुटिन सन् २००० देखि रुसको सत्ताको नेतृत्वमा छन्।

Advertisement

पुटिनका आलोचक एलेक्सी नाभाल्नीले समाजिक सञ्जालमार्फत पुटिनलाई यस्तो विधेयक किन आवश्यक पर्यो भनेर प्रश्न गरेका छन्।

डुमा (तल्लो सदन) मा यो विधेयक तीनपटक ल्याउनुपर्ने हुन्छ। मंगलबार यो विधेयक पहिलोपटक पारित गरिएको हो।

सदनमा पुटिनको समर्थक पार्टी युनाइटेड रसिया पार्टीको बहुमत छ। तर वामपन्थी सांसदका ३७ मत विधेयकका विपक्षमा परेका छन्।

डुमामा तीनपटक छलफल भएपछि यो विधेयक माथिल्लो सदनमा जानेछ। अन्तिम अनुमोदन भने स्वयं पुटिनबाट हुनेछ।

यो विधेयक आएसँगै अब पूर्वराष्ट्रपति र उनका परिवारलाई कुनै पनि विषयमा प्रहरीले सोधपुछ गर्न पाउने छैन। साथै उनीहरूको सम्पत्ति कब्जा गर्न पाइँदैन।

अब असाधारण परिस्थितिका ठूला अपराध र राजद्रोहबाहेक अन्य कुनै पनि अपराधमा पूर्वराष्ट्रपति र उनका परिवारलाई जीवनभर मुद्दा चलाउन पाइन्न।

हाल रुसमा पूर्वराष्ट्रपति दामित्री मेदभेदेभ मात्र जीवित छन्। उनी पुटिनका सहयोगी हुन्। (बिबिसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top