निजी ल्याबको बदमासी : स्वाब नै संकलन नगरी नक्कली रिपोर्टको धन्दा !

४ मंसिर ७७, बिहीबार
Share this
786shares

काठमाडौं : कोरोना परीक्षणको लागि सरकारले स्वीकृत दिएका केही निजी प्रयोगशालाले नक्कली रिपोर्ट दिने गरेको भेटिएको छ।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही निजी प्रयोगशालाले नक्कली रिपोर्ट दिने गरेको भेटिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छानबिनको अनुरोध गर्दै पत्र पठाएको छ।

पर्यटन मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालाले स्वाब नै संकलन नगरी कोरोनाको नक्कली रिपोर्ट दिने गरेको, स्वाब संकलनपछि रिपोर्ट हेरफेर गरेर पोजेटिभ रिपोर्ट दिने गरेको र स्वाब संकलनपछि निर्धारित समय भण्डारण गर्नुपर्नेमा त्यसो नगरेको भेटिएको छ।

Advertisement

यसले नेपालभित्र हुने गरेको परीक्षणमा प्रश्न उठ्न सक्ने भन्दै मन्त्रालयले छानबिन र कारबाहीको लागि स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको हो।

पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा नेपालबाट हङकङ र संयुक्त अरव इमिरेट्स (युएई) पुगेका केही व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालको परीक्षणमा प्रश्न उठेको जनाएको छ।,यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top