×

NEPAL TIMES UPDATES

Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026

हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्छ ः शंकराचार्य

५ जेष्ठ २०७५

चितवन, ५ जेठ ः श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताएका छन् ।

नागरिक अभिनन्दन समितिले शुक्रबार चितवनमा आफूलाई अभिनन्दन गरेपछि उनले हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्न सिकाएको बताउँदै भने, “हिन्दू धर्मले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।”

Advertisement
Advertisement

शंकाराचार्यले राजनीतिले धर्ममा हस्तक्षेप गर्न नहुने बताउँदै सनातन हिन्दू धर्मको संरक्षण र नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने विचार व्यक्त गरे । धर्मले परिपूरण भए मात्र सबैकुरा सिद्ध हुने उनको भनाइ थियो । शंकराचार्यले भने “नास्तिक कोही हुँदैन, सबैको आस्था हुन्छ । यसलाई सरकारले परिवर्तन गराउनु हुँदैन ।”

कार्यक्रममा हरिहर सन्न्यास आश्रम देवघाटका पीठाधीश ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरीले सनातन हिन्दू धर्मको रक्षासँगै संरक्षण गर्न नसके देशमा विभिन्न किसिमका समस्या आउने बताए ।

Advertisement
Advertisement

कार्यक्रममा नागरिक अभिनन्दन मूल समारोह समितिका तर्फबाट दयाराम पाण्डे र देवघाट क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष टंकनाथ पौडेलले शंकाराचार्यलाई अभिनन्दन गरेका थिए । अभिनन्दनअघि भरतपुरका विभिन्न ठाउँबाट शोभायात्रा निकालिएको थियो ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top