निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडिओ अपलोड गर्ने एक व्यक्ति पक्राउ

४ मंसिर, काठमाडौं । निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडिओ टिकटकमा अपलोड गर्ने विशेष जोशी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका-२ टौमढीका उनलाई बिहीबार बिहान पक्राउ गरेको हो । ब्युरोका प्रहरी नायब उपरीक्षक पशुपति रायका अनुसार उनले टिकटकमा भिडिओ अपलोड गरेका थिए ।

निकिशामाथि भक्तपुरमा दुर्व्यवहार भएको भिडिओ सार्वजनिक भएपछि चर्को विरोध भएको थियो । नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्युरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

’हिजो नै सामाजिक सञ्जालमा भिडिओ खिच्ने व्यक्ति उनी हुन् भनेर बाहिर आइसकेको थियो। उनले खिचेका हुन् वा होइनन् भन्नेबारे अनुसन्धान गरिरहेका छौं,’ प्रहरी नायब उपरीक्षक रायले भने,’अर्का व्यक्तिको खोजी भइरहेको छ।’

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको रायले बताए । सार्वजनिक भएको भिडिओमा निकिशामाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको देखिन्छ । आफूलाई दुव्र्यवहार भएपछि श्रेष्ठले ती मानिसलाई लखेटेको दृश्यमा देख्न सकिन्छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top