दश वर्षमा मुलुक समृद्ध ः प्रधानमन्त्री

४ जेठ ७५, शनिबार

काठमाडौँ, ५ जेठ ः प्रधानमन्त्री केपी शर्मा ओली म्याराथन दौडमा सहभागी भएका छन् ।

कान्तिपुर पब्लिकेशनले आयोजना गरेको ‘कान्तिपुर हाफ म्याराथन’को आठौ संस्करण उद्घाटन गदै उनी आज बिहान थापाथलीमा एकछिन दौडमासमेत सहभागी भएका हुन् ।

सो अवसरमा उनले मुलुक विकास र समृद्धितर्फ लम्किएको बताए । प्रधानमन्त्री ओलीले एकतापछि बनेको कम्युनिष्ट सरकारले १० वर्षमा मुलुकलाई समृद्ध बनाउने बताए ।

Advertisement

“दश वर्षमा मुलुकको मुहार फेर्ने गरी काम हुन्छ”, उनले भने, “अब पनि मुलुक नबने कहिल्यै बन्ने छैन । त्यसैले १० वर्षमा विकासमा कायापलट हुनेछ ।”

उनले नेपालमा भएका स्रोत साधनबाट नै मुलुकको विकास गरिने भन्दै नेपालीलाई यहाँकै उत्पादनले खान लगाउन पुग्ने हुँदा ती उत्पादन गरेर नेपाललाई आत्मनिर्भर बनाउने बताए ।

Advertisement

उक्त हाफ म्याराथनको उपाधि नेपाली सेनाका हरि रिमाल र सशस्त्र प्रहरीका कान्छीमाया कोजुले जितेका थिए । उनीहरु दुवैले नगद रु ५०÷५० हजार र स्कुटर पाएका छन् ।

यस्तै पुरुषतर्फ द्वितीय होमलाल श्रेष्ठ र तृतीय गजेन्द्र राई, महिलातर्फ सन्तोषी श्रेष्ठ द्वितीय र बृन्दा श्रेष्ठ तृतीय भएका छन् । द्वितीय र तृतीयले क्रमशः नगद रु ३०÷३० हजार र रु २०÷२० हजार प्राप्त गरेका छन् ।

थापाथलीबाट शुरु भएको दौड माइतीघर, नयाँ बानेश्वर, भक्तपुर हुँदै पुनःथापाथलीमा आएर सकिएको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top